कोरोना महामारीमाथी जापानमा बर्ड फ्लूले विकराल रूप

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) महामारीले विश्वव्यापी रूपमा विनाश निम्त्याएको छ । यसैबीच, जापानमा महामारीले थप विकराल रूप लिएको छ । कोरोनाको दोस्रो चरणबीचच बर्ड फ्लू भयानक तरिकाले जापानमा फैलिएको छ ।

बर्ड फ्लूको फैलावट रोक्न जापानको चिबा प्रान्तमा ११ लाख कुखुरा मारिएको जानकारी दिइएको छ । जापानको चिबा प्रान्तमा यो रोगको रोकथाम गर्न ११ लाख ६० हजार कुखुरालाई नष्ट गरिएको हो । चिबा जापानको १३औं शहर हो जहाँ एच–५ बर्ड फ्लू एकदम छिटो फैलदै छ ।

बर्ड फ्लूको फैलावट रोक्नको लागि जापानको चिबा प्रान्तको १० किलोमिटर क्षेत्र पूर्णतया अलग्गिएको छ । अधिकारीहरूले उक्त क्षेत्रबाट कुखुरा र अण्डा अन्यत्र पठाउन प्रतिबन्ध लगाएका छन् । जापानको कागावा, फुकुओका, ह्योगो, मियाजाकी, हीरोशिमा, नारा, ओइटा, वाकायामा, शिगा, टोकुशिमा र कोचीमा पनि बर्ड फ्लू देखिएको छ ।

यी प्रान्तहरूमा चिबा प्रान्तमा भन्दा पहिले बर्ड फ्लू फैलिएको हो । बर्ड फ्लूको रोकथामका लागि झण्डै ५० लाख कुखुरा मारिएको छन् । भर्खरै बेलायत, नेदरल्याण्ड, उत्तरी जर्मनी र बेल्जियममा बर्ड फ्लूको प्रकोप देखिएको थियो । जापानमा बर्ड फ्लूको प्रकोपको घटना यस्तो समयमा आएको छ जब त्यहाँ कोरोना भाइरसको प्रकोप दोस्रो चरणमा फैलिन थालेको छ ।

https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v8.0&appId=650414169208129&autoLogAppEvents=1

फेसबुकबाट प्रतिक्रिया

धेरै पढिएको

सम्बन्धित खवर

भर्खरै