आमासँग बलपूर्वक सम्बन्ध कायम गर्ने छोरालाई जन्मकैद

काठमाडौं । आमासँग बलपूर्वक सम्बन्ध कायम गरेको अभियोगमा छोरालाई तनहुँ जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको छ । तनहुँको बन्दीपुर गाउँपालिकाका ३१ वर्षीय पुरुषलाई जिल्ला न्यायाधीश वासुदेव पौडेलको इजलासले जन्मकैदको फैसला गरेको हो ।

ती पुरुषलाई हाडनातामा जन्मकैद र बलपूर्वक सम्बन्ध राखेकोमा नौ वर्ष कैदको फैसला भएको जिल्ला श्रेस्तेदार मीनबहादुर कुँवरले जानकारी दिनुभयो । अन्दाजी ४७ वर्षीया महिलालाई छोराले विगत केही वर्षदेखि त्यस्तो काम गर्दै आएका थिए । मादकपदार्थ सेवन गरी त्यस्तो काम गर्दै आएकामा सहन नसकेपछि ती महिलाले प्रहरीमा उजुरी दिएकी थिइन् ।

https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v8.0&appId=650414169208129&autoLogAppEvents=1

फेसबुकबाट प्रतिक्रिया

धेरै पढिएको

सम्बन्धित खवर

भर्खरै