नेपालमा कोरोना संक्रमितहरुको कुल संख्या २ लाख ६० हजार नाघ्यो

काठमाडौं । नेपालमा कोरोना संक्रमितहरुको कुल संख्या २ लाख ६० हजार ५९ पुगेको छ । पछिल्लो २४ घण्टामा देशभर थप ५११ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कुल संख्या पनि बढेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसको जानकारी दिएको छ ।

संक्रमित हुनेमा २०४ जना महिला र ३०७ जना पुरुष रहेको पनि मन्त्रालयले जानकाररी गराएको छ । जानकारी अनुसार नेपालमा हालसम्म १९ लाख २६ हजार ४७७ पीसीआर परीक्षण गरिएको छ । नेपालमा अहिले सक्रिय संक्रमितको संख्या ६ हजार ३०० रहेको छ ।

अर्कोतिर गएको २४ घण्टामा ६०० जना निको भइ डिस्चार्ज भएका छन् । यो सँगै कोरोनाबाट निको हुनेको संख्या २ लाख ५१ हजार ९१२ पुगेको छ । मन्त्रालयका अनुसार २४ घण्टामा कोरोनाबाट ७ को मृत्यु भएको छ र हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ८४७ रहेको छ ।

https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v8.0&appId=650414169208129&autoLogAppEvents=1

फेसबुकबाट प्रतिक्रिया

धेरै पढिएको

सम्बन्धित खवर

भर्खरै