पुष १६ गते बिहिबार, यस्तो छ तपाईको राशिफल

पुष १६ गते बिहिबार, यस्तो छ तपाईको राशिफल

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
हरेक काममा प्रतिस्पर्धीहरु हावी हुनेछन् भने न्यायिक निर्णयहरु तपाईँको पक्षमा नहुने हुनाले मुद्दा मामिलामा सामेल नहुनुहोला । मोज मस्तिमा मन जाने हुनाले अध्ययन तथा अध्यापनमा पछि परिनेछ । सामान्य स्वास्थ्य सम्बन्धी समस्या आउन सक्छ । दाजुभाई तथा छिमेकिसँग मनमुटाव बढ्न सक्छ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
आफन्त तथा कुटुम्बसँग मिलेर गरिने कुनै पनि व्यावसायबाट भनेज स्तो आम्दानी गर्न सकिनेछ । माया प्रेमको डोरो कसिलो हुनुको साथै घर परिवारमा सबैसँग सौहार्दपूर्ण सम्बन्ध हुनेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा तपाईको बलियो पकड रहने हुनाले मन प्रशन्न रहनेछ । खानपानमा ध्यान दिनुहोला ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
राम्रा काम गर्न सकिने हुनाले सामाजिक नेतृत्व हात लागी हुने योग रहेको छ । काममा विशिष्ट व्याक्तिहरुको सहयोग रहनेछ । पढाइ लेखाइलाई सुधार गर्दै वौद्धिक क्षेत्र फराकिलो बनाउन सकिनेछ । बोलीको भरमा चिताएका काम सम्पादन हुने हुनाले आर्थिक रुपमा सुदृड हुन सकिनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
अरुकै काममा समय बित्ने हुँदा आफ्नो काम धाती रहनेछ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धी समस्या आउने तथा औषधी उपचार खर्च बढ्न सक्छ । स्वदेशी व्यापार व्यावसायमा भनेजस्तो आम्दानी गर्न प्रशस्त समय खर्चिनु पर्नेछ भने विदेशमा उत्पादित वस्तुको व्यापार फस्टाएर जानेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
व्यापार व्यावसायमा लगानि गरे अनुशार प्रतिफल प्राप्त नहुँदा दैनिकी प्रभावित हुनेछ । माया प्रेममा सामान्य मनमुटाब हुनेछ भने दाजुभाईसँग घरायसी कुरामा राय बाजिनेछ । उठ्नु पर्ने रकम नउठ्नाले काम हरु समयमा गर्न सकिने छैन । पढाइ लेखाइमा समय दिन नसक्दा अरुभन्दा पछि परिनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
आफ्नो वा आफन्तको स्वास्थ्य कमजोर रहनाले चिताएको काम गर्न सम्पादन हुने छैनन । जिम्मेवारी बढेपनि न्यून पारिश्रमिकमा चित्त बुझाउनु पर्नेछ । सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइएला । अरूका काममा श्रम तथा बुद्धि खर्च भएपनि फाईदा हुनेछ । सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
मिहिनेतीहरूका लागी समय निकै उत्साहजनक रहनेछ । अरूको काममा समय व्यातित भएपनि फाइदा आफैंलाई हुनेछ । धर्म कर्म तथा सेवामूलक काममा प्रवृत्त भइनेछ । तारिफयोग्य काम गर्दै अरूको उपकार गर्न सकिनेछ । फाईदा हुने काम वा जिम्मेवारी तपाईँको काधमा आउनेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
कामप्रति लगनशीलता बढ्ने भएपनि उपलब्धी न्यून हुनेछ । आज गरिने काममा अवरोधको सामना गर्नु पर्नेछ । दैनिक कामकाजको चाप बढ्न सक्छ । घरायसी प्रयोजनका विषयमा खर्च बृद्धि हुनेछ । भौतिक स्रोत साधनको प्रयोग गर्दा ध्यान दिनुहोला । आफन्त तथा दिदि बहिनीसँग राय बाजिनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
माया प्रेममा एका अर्कालाई अबिश्वास गर्नाले मनमुटाव बढ्नेछ । खानपानमा ध्यान नदिए स्वास्थ्य सम्बन्धि समस्या बढ्ने तथा दैनिक काम प्रभावित हुनेछन् । व्यावसायिक यात्रा हुने भएपनि यात्राका क्रममा बिभिन्न बाधा तथा अवरोधहरुको सामना गर्नुपर्नेछ । साझेदारि व्यावसायमा साझेदार बीच मनमुटाव बढ्नेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
पढाइ लेखाइमा मन नजाने हुनाले प्रतिस्पर्धामा अरुभन्दा पछी परिनेछ । सत्रु लाग्ने तथा न्यायिक निर्णयहरु तपाईंको पक्षमा नहुने हुनाले मुद्दा मामिलामा सामेल नहुनुहोला । पाईला पाईलामा बाधा तथा अवरोध गर्नेहरु प्रसस्त भेटिने हुँदा सजक रहनुहोला । स्वास्थ्यमा समस्या आई दैनिक कामकाजहरु प्रभावित हुनेछन् ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
अध्ययन अध्यापनको क्षेत्रमा भने जस्तो प्रगती हुनाले आफन्त तथा गुरुवर्गहरु खुसि हुनेछन् । आकस्मिक धन तथा मानव निर्मित भौतिक सम्पती लाभ हुने योग रहेको छ । सन्तान तथा आफन्तहरुले तपाईंले शुरु गरेको व्यापार व्यावसायमा साथ दिनेछन् । माया प्रेममा रमाउने उत्तम समय रहेको छ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
कामधन्दा र प्रयासमा ढिलो गरी सफलता पाईने योग रहेको छ । घर गृहस्थीमा समय खर्चिदा आफन्त तथा परिवारका सदस्य खुशि हुनेछन् । आकस्मिक रूपमा स्वास्थ्यमा समस्या आई खर्च बढ्न सक्छ ध्यान दिनुहोला । राजनीति तथा सामाजिक काममा मन जाने भएपनि जनताको लालोचना होईनेछ ।

(function(d, s, id) {
var js, fjs = d.getElementsByTagName(s)[0];
if (d.getElementById(id)) return;
js = d.createElement(s); js.id = id;
js.src = ‘https://connect.facebook.net/en_GB/sdk.js#xfbml=1&version=v3.2&appId=993051320823621&autoLogAppEvents=1’;
fjs.parentNode.insertBefore(js, fjs);
}(document, ‘script’, ‘facebook-jssdk’));

फेसबुकबाट प्रतिक्रिया

धेरै पढिएको

सम्बन्धित खवर

भर्खरै