संसद विघटनपछि उत्पन्न विवादबीच प्रधानमन्त्री ओलीको प्रचण्डलाई फोन

काठमाडौं । संसद विघटनपछि उत्पन्न भएको विवादबीच प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई फोन गर्नुभएको छ । उहाँले प्रचण्डपत्नी सीता दाहालको स्वास्थ्य लाभको कामना गर्नका लागि फोन गर्नुभएको हो ।

स्वास्थ्यमा समस्या आएपछि सीता दाहालको ललितपुरको मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ । बुधबार साँझ प्रधानमन्त्री ओलीले प्रचण्डलाई फोन गरेर सीता दाहालको स्वास्थ्य अवस्थाबारे जानकारी लिनु भएको हो ।

नेकपा ओली पक्षका अध्यक्ष पनि रहनु भएका उहाँले प्रचण्डलाई श्रीमतीको ख्याल गर्न आग्रह गर्नुभएको थियो । प्रधानमन्त्रीले सीता दाहालको स्वास्थ्यलाभको कामना गर्नुभएको हो ।

अर्कोतिर प्रधानमन्त्री ओलीको तर्फबाट ओली समूहका महासचिव विष्णु पौडेल र नेता सुवास नेम्वाङले अस्तापल पुगेर प्रचण्डपत्नी सीता दाहालको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ ।

ओली पक्षका नेताहरु अस्पताल पुग्दा प्रचण्ड अस्पतालमा नभएका कारण छोरी गंगालाई भेटेर स्वास्थ्यबारे जानकारी लिइएको जानकारी दिइएको छ ।

https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v8.0&appId=650414169208129&autoLogAppEvents=1

फेसबुकबाट प्रतिक्रिया

धेरै पढिएको

सम्बन्धित खवर

भर्खरै