सरकारको निर्देशनपछि उखु मिल सञ्चालक मनोज अग्रवाल पक्राउ

काठमाडौं । एक उखु मिलका सञ्चालक पक्राउ परेका छन् । लुम्बिनी चिनी मिलका सञ्‍चालक मनोज अग्रवाल पक्राउ परेका हुन् । पश्चिम नवलपरासी प्रहरीले आवश्यक अनुसन्धानका लागि उपस्थित गराइदिन पर्सा प्रहरीलाई पत्रचार गरेपछि प्रहरीले बिहीबार बिहान अग्रवाललाई पक्राउ गरेको हो ।

पर्सा प्रहरी प्रवक्ता डीएसपी मनोजित कुँवरले अग्रवाललाई नियन्त्रणमा लिएर नवलपरासी पठाइएको जानकारी दिनुभयो । सरकारले उखु किसानको बक्यौता रकम भुक्तानी नगर्ने चारवटा सुगर मिल सञ्चालकलाई पक्राउ गरी ठगीमा कारबाही अघि बढाउन स्थानीय प्रशासन र प्रहरीलाई निर्देशन दिइसकेको छ ।

गृह मन्त्रालयले अन्नपूर्ण सुगर एन्ड जनरल इन्डस्ट्रिज प्रालि सर्लाही, इन्दिरा सुगर मिल एन्ड एग्रो प्रालि, लुम्बिनी सुगर मिल पश्चिम नवलपरासी तथा श्रीराम सुगर मिल रौतहटका सञ्चालकलाई कारबाही गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको थियो ।

https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v8.0&appId=650414169208129&autoLogAppEvents=1

फेसबुकबाट प्रतिक्रिया

धेरै पढिएको

सम्बन्धित खवर

भर्खरै