आगोले जलेर बालिकाको मृत्यु

काठमाडौं । सिगास गाउँपालिका–३ साउनखेतकी एक बालिकाको आगोले जलेर मृत्यु भएको छ । दुई वर्षीया बालिका रेखा साउँदको जलेर मृत्यु भएको हो । बालिकाका दाजु चार वर्षीय दिपेश साउँदले आज घरको पछाडी रहेको खरको कुन्युमा आगो लगाउँदा सोही ठाउँमा जलेर बालिकाको ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

दुवैजनाले खेल्नका लागि सलाई लगेको हुन सक्ने अनुमान गरिएको छ । खरको कुन्युमा लागेको आगोले घरमा समेत समान्य क्षति पुगेको छ भने स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक जनकबहादुर धामीले जानकारी दिनुभयो ।

घटनास्थल गाँजरी प्रहरीचौकीबाट चार घण्टाको पैदलदूरीमा रहेको बताइएको छ । शुक्रबार जिल्ला प्रहरी कार्यालयबाट पनि घटनाको अनुसन्धानका लागि टोली जाने धामीले जानकारी दिनुभयो ।

https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v8.0&appId=650414169208129&autoLogAppEvents=1

फेसबुकबाट प्रतिक्रिया

धेरै पढिएको

सम्बन्धित खवर

भर्खरै