आन्दोलनरत उखु किसानको उपचारका क्रममा निधन

काठमाडौं । आफ्नो उखुको बक्यौता भुक्तानी माग गर्दै आएका एक किसानको निधन भएको छ । काठमाडौंको माइतीघर मण्डलामा आन्दोलन गर्ने क्रममा सलार्हीका किसान नारायणराय यादवको ह्दयघातका कारण मृत्यु भएको हो ।

जानकारी अनुसार ६४ वर्षीय यादवको आज काठमाडौंको बाँसबारीस्थित शहिद गंगालाल राष्ट्रिय ह्दय केन्द्रमा उपचारका क्रममा निधन भएको हो । उखु किसान संघर्ष समितिका संरक्षक राकेश मिश्रका अनुसार यादवलाई आज बिहान छाती दुखेपछि चाबहिलस्थित हेल्पिङ ह्यान्ड्स अस्पतालमा भर्ना गरिएको थियो । उनको स्वास्थ्य अवस्था गम्भीर रहेको भन्दै गंगालाल अस्पतालममा रिफर गरिएको थियो ।

उखु बिक्री गरे बापतको भुक्तानी माग गर्दै उनी माइतीघरमा आन्दोलन गरिरहेका थिए । यादवले अन्नपूर्ण सुगर मिलबाट २४ लाख ६३ हजार रुपैयाँ लिन बाँकी थियो । ४ दिनअघि उनले अन्नपूर्ण मिलबाट १ लाख ६० हजार रुपैयाँ मात्र पाएका थिए । उखु किसान संघर्ष समितिले हिजो सरकारसँग ४ बुँदे सहमति गरेपछि आजदेखि आन्दोलन स्थगित भएको छ ।

https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v8.0&appId=650414169208129&autoLogAppEvents=1

फेसबुकबाट प्रतिक्रिया

धेरै पढिएको

सम्बन्धित खवर

भर्खरै