सिटिजन्स बैंकले आफ्ना कोरोना संक्रमित बिरामीलाई हेलिकोप्टरबाट काठमाडौं पठायो

सिमकोट- सिटिजन्स बैंकले कोरोना संक्रमित एकजना आफ्ना कर्मचारीलाई थप उपचारका लागि हेलिकोप्टरबाट काठमाडौं उद्धार गरेको छ।

जिल्ला अस्पतालमा कोरोना संक्रमितको उपचार नहुने भएपछि चिकित्सकको सुझाब अनुसार थप उपचारका लागि काठमाडौं लगिएको हो।

लक्षण सहितको कोरोना संक्रमित सिटिजन्स बैंकका एक जना कर्मचारीलाई सोमबार हेलिकोप्टरबाट थप उपचारका लागि काठमाडौं उद्धार गरिएको अस्पतालकी सिनियर अनमी सरिता बोहराले बताइन्।

स्वासप्रस्वासमा समस्या आएको र चिसोले निमोनिया भएपछि जिल्लामा उपचार गर्न नसकिने निस्कर्ष चिकीत्सकहरुले निकालेपछि थप उपचारका लागि काठमाडौंमा हेलिकोप्टर रिजर्भ गरेर पठाईएको हो। बिरामीको अबस्था अलि जटिल भएपछि सिटिजन्स बैंकको समन्वयमा हेलिकोप्टरबाट काठमाडौं उद्धार गरिएको उनले बताइन्।

सिमकोट देखि काठमाडौंसम्मको हेलिकोप्टर चार्टरको खर्च बैंकले ब्यहोर्ने भएको छ । कोरोना संक्रमणबाट जटिल बिरामी हुम्लामा पहिलो पटक देखिएको छ। बैंकका कर्मचारीलाई पिसिआर परिक्षण गर्दा चार दिन अगाडी उहाँलाई कोरोना पुष्टि भएको थियो।

उनीसंगै एक जना अर्की महिला कर्मचारीलाई पनि कोरोना पुष्टि भएको थियो। उनको अबस्था भने सामान्य रहेको र हाल होम आईसोलेशसनमा रहेका छन्। कर्मचारीलाई कोरोना संक्रमण भएपछि बैंकलेअ ाफ्ना सेवा बन्द गरेको छ।

हुम्ला जिल्लामा पहिलो पटक गत असोज ३ गते नेपालगंजबाट सिमकोट हवाई जहाजमा आउनु भएकी एक जना युवतीमा कोरोना पुष्टि भएको थियो।

हुम्लामा हालसम्म ९१ जना कोरोना संक्रमित देखिएकोमा ८९ जना निको भई सक्नु भएको छ भने काठमाडौं उद्धार गरिएका गरि दुई जना संक्रमित रहेका छन्।

!function(f,b,e,v,n,t,s)
{if(f.fbq)return;n=f.fbq=function(){n.callMethod?
n.callMethod.apply(n,arguments):n.queue.push(arguments)};
if(!f._fbq)f._fbq=n;n.push=n;n.loaded=!0;n.version=’2.0′;
n.queue=[];t=b.createElement(e);t.async=!0;
t.src=v;s=b.getElementsByTagName(e)[0];
s.parentNode.insertBefore(t,s)}(window,document,’script’,
‘https://connect.facebook.net/en_US/fbevents.js’);
fbq(‘init’, ‘1195449414139772’);
fbq(‘track’, ‘PageView’);

(function(d, s, id) {
var js, fjs = d.getElementsByTagName(s)[0];
if (d.getElementById(id)) return;
js = d.createElement(s); js.id = id;
js.src = ‘https://connect.facebook.net/ne_NP/sdk.js#xfbml=1&version=v2.11&appId=557438237925255’;
fjs.parentNode.insertBefore(js, fjs);
}(document, ‘script’, ‘facebook-jssdk’));

फेसबुकबाट प्रतिक्रिया

धेरै पढिएको

सम्बन्धित खवर

भर्खरै