यी दुई राशि भएकी युवतीसँग विवाह गर्ने पुरुष हुन्छन् अत्यन्तै भाग्यमानी

पति र पत्नी एक अर्काको परिपुरक मानिने गर्छन् भने धार्मिक रुपमा पनि पतिको जीवन सुधार गर्न पत्नीको ठुलै भूमिका खेल्ने उल्लेख गर्ने गरिन्छ।

पति र पत्नी बीच हुने सामिप्यताले धेरै कुरामा असर गर्ने गर्छ। हरेक मानिसहरुको फरकफरक बानि मात्र नभई भाग्य पनि फरक हुने गर्छ।

ज्योतिष शास्त्र अनुसार केही यस्ता राशि भएका महिलाहरु हुने गर्छन् जसले आफ्नो पतिको भाग्य चम्काउनको लागि ठुलो भूमिका खेल्ने गर्छन्।

मेष राशि- मेष राशि हुने महिलाहरु प्राय शान्त स्वभावका रहने गर्छन्। जसको पनि भनाइ धेरै गहन रुपमा सुन्ने बानी रहने भएका कारण यस राशिका महिलेहरु झगडा देखि पनि टाढा रहन्छन्।

मेष राशि भएका महिलाहरु आफ्नो पतिलाई गल्ति देख्ने कुनै पनि मौका दिन नचाहने गर्छन्। आफ्नो पतिको धेरै ख्याल गर्ने हुँदा मेष राशि भएका पत्नी पाउने पुरुषलाई धेरै भाग्यमानी गरिन्छ।

कन्या राशि- कन्या राशि हुने महिलाहरु आफ्नो हरेक जिम्मेवारी पूरा गर्न रुचाउने गर्छन्। यस राशिका महिलाहरु आफ्नो पतिको हरेक कार्यमा साथ दिने गर्छन्।

आफ्नो दाम्पत्यजीवनमा धेरै खुशी रहने गर्छन्। आफु पनि छिटै खुशी हुने हुँदा पतिलाई दुखि हुने मौकानै दिदैंनन्। साथै यस राशि भएका महिलाहरुलाई व्यापार धेरै फाप्ने हुँदा पनि आफ्नो पतिको भाग्य चम्काउन धेरै सफल हुने गर्छन् ।

यो पनि- के हामिले पूर्वजन्मको बारेमा थाहा पाउन सकिन्छ ? शास्त्रीय मान्यता के भन्छ

हरेक कोहीलाई पछिल्लो जन्मका बारेमा जान्नका लागि उत्सुकता बढ्छ । ज्योतिषको भाषामा मनुष्यको जन्मदेखि लिएर मृत्युसम्म पनि उसको पुनर्जन्मसम्मका कुरालाई ग्रह तथा नक्षत्रका आधारमा भन्ने गरिन्छ ।

शास्त्र र पुराणमा लेखे अनुसार मनुष्यले आफ्नो कर्मको फल यही धर्तीमा भोग्नुपर्छ । किनकी, मनुष्यको आत्मा अमर हुन्छ । त्यसैले एक शरीरको ना’श हुनसाथ आत्मा अर्को शरीरमा प्रवेश गर्छ ।

पुराणमा लेखिएको छ कि, मान्छेले आफ्नो कर्मका अनुसार ८४ लाख यो-नीलाई भोग्नुपर्छ । पुनर्जन्मका बारेमा सबै सवालका जवाफ कुण्डलीका आधारमा दिने गरिन्छ ।

ज्योतिष शास्त्रका अनुसार जन्म कुण्डलीलाई पञ्चम भावका आधारमा र बलवान ग्रह (सूर्य र चन्द्रमा)लाई आधार मानेर उसको स्थितिको पुनर्जन्मको बारेमा बताउन सकिन्छ ।

महर्षी पराशरले ग्रन्थमा पुनर्जन्मका बारेमा बताएका थिए । बृहतपराशर शास्त्रका अनुसार तपाईंको जन्मले नै ग्रह बलवान हुन्छ, । जुन ग्रह द्रेष्काणको स्थितिमा हुन्छ, उक्त ग्रहका अनुसार नै जातकको सम्बन्ध कुन लोकसँग थियो भन्ने थाहा पाउन सकिन्छ । यसै आधारमा तपाईंको पहिलो जन्मको निवास थाहा पाउन सकिन्छ भनेर पुराणमा लेखिएको छ ।- एजेन्सी

फेसबुकबाट प्रतिक्रिया

धेरै पढिएको

सम्बन्धित खवर

भर्खरै