फेसवुकमा भएको गफले मख्ख परेर युवती भेट्न पुगेका युवकको जिवनमा घट्यो नसोचेको घटना, गाउँले भेला पारेर युवतीले यस्तो सम्म गराइन्

एजेन्सी । एकतर्फी प्रेमको कारण एक युवकले झण्डै ज्यान गुमाउनु परेको छ । फेसवुकमा भएको कुराकानीलाई प्रेम सम्झिएर युवतीका लागि उपहार लिएर जहाज चढेर गाउँ पुगेको युवकलाई युवतीले नै यस्तो हालत बनाइन् की अरुका लागि पनि त्यो सवक हुन सक्छ । सामाजिक सञ्जालमा भएका कुरालाई वास्तविक ठानेर एक युवक युवती प्रति एकतर्फी प्रेममा थिए ।

उनले त्यसलाई वास्तविक सम्झिए । प्रेमिकाका लागि उपहार किने अनि जहाज चढेर प्रेमिका भेट्न पुगे । तर उनले आफनो जिवनमा एकै छिनमा के घटना हुँदैछ भन्ने अनुमान पनि लगाउन सकेनन् । यो घटना भारतको हो । बंगलोरबाट हवाईजहाजमा चढेर लखीमपुरकी युवती भेट्न उपहार लिएर गएका युवक अहिले प्रहरी कार्यालय छन् । युवतीले नै गाउँले भेला गरेर युवकको हालत गरिन् । युवकको झण्डै ज्यान गएन ।

देवरिया जिल्लाको गौरीबाजार पुलिस स्टेशनको पाखरा गाउँका निवासी सलमान अन्सारी बंगलोरमा एसी मेकानिकको रूपमा कार्यरत छन्। सलमानले गत महिना देखि लखीमपुर खेरी जिल्लाको कोतवाली क्षेत्रको एक युवतीसंग कुराकानी गरिहेका थिए । उनले ति कुरालाई प्रेमका रुपमा बुझे ।

सलमानले ती केटीलाई भेट्ने निर्णय गरे र उपहार किने । जहाजमा लखनउ सम्म पुगे र त्यहाँवाट बसबाट लखीमपुर पुगे । युवतीको घर खोज्दै गाउँ सम्म पुगे । तर अवस्था उनले सोचे भन्दा उल्टा भयो । सलमान र उनका साथीलाई देख्ने बित्तिकै युवतीले गाउँले भेला गरिन् । साथी तुरुन्तै भागे तर सलमान भने उनीहरुको जालमा परे । उनको रामधुलाई भयो र प्रहरीलाई बुझाइयो ।

(function(d, s, id) {
var js, fjs = d.getElementsByTagName(s)[0];
if (d.getElementById(id)) return;
js = d.createElement(s); js.id = id;
js.src = ‘https://connect.facebook.net/en_GB/sdk.js#xfbml=1&version=v3.2&appId=993051320823621&autoLogAppEvents=1’;
fjs.parentNode.insertBefore(js, fjs);
}(document, ‘script’, ‘facebook-jssdk’));

फेसबुकबाट प्रतिक्रिया

धेरै पढिएको

सम्बन्धित खवर

भर्खरै