भोलिदेखि सिनेमा घर खुल्दैः शिव श्रेष्ठ भन्छन्, ‘मेरो फिल्म चल्छ’

काठमाडाैँ – कोरोना संक्रमणको जोखिम बढेसँगै बन्द भएका सिनेमा घरहरु भोलि माघ १ गते देखि खुल्दै छन्। यस सँगै एक नयाँ चलचित्र पनि प्रदर्शनमा आउने भएको छ । चर्चित अभिनेता शिव श्रेष्ठले लगानी गरेको चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’ प्रदर्शनमा आउन लागेको हो ।

नायक एवं निर्माता श्रेष्ठले आफ्नो चलचित्रको प्रदर्शनले ठप्प भएको सिने क्षेत्र चलायमान हुने बताएका छन्।

 तपाईँलाई धेरै धेरै शुभकामना तथा बधाइ,यो विषम परिस्थितिमा सिनेमा लिएर आउनु भयो ?

हो समय अलि फरक नै छ । तर आश्चर्य मान्नु पर्ने त्यस्तो पनि छैन । कोभिडको समयमा सबैले आफ्नो क्षेत्रबाट काम सुरु गर्नुपर्ने आवश्यकता देखेर हामी अगाडि आएको हो । कलाकारले कला क्षेत्रबाट अगाडि आउने बेला हो यो । सिनेमा हेर्न सुरुमा दर्शक आउँदैनन् कि भन्ने डर हाम्रो टीममा पनि थियो । तर यो सिनेमाको प्रदर्शनले धेरै क्षेत्रको ढोका खोल्छ भन्ने लाग्यो । यसरी सबै क्षेत्रलाई चलायमान बनाउने देखेर हामीले प्रदर्शन गर्ने हिम्मत गरेको हो ।

कोरोनाको जोखिम बढेको बेला नयाँ कलाकारको सिनेमा, लगानी जोखिममा परेन र?
जोखिम त छ । तर हामी मनोरञ्जनको क्षेत्रबाट यहाँ सम्म आएका हौँ। म आफै विगत ४० वर्ष देखि काम गर्दै आइरहेको छु । जोखिम भन्दा पनि कर्तव्य सम्झेर पनि आएको हुँ।

अलिकति सिनेमाको कुरा गरौँ, कस्तो छ कथाबस्तु, नयाँ कलाकारलाई ल्याउनु भएको छ?

‘एउटा यस्तो प्रेम कहानी’को कथाबस्तु उत्कृष्ट छ । मेरो छोरा शक्ति श्रेष्ठ र करिश्मा मानन्धरको छोरी कविता मानन्धरले अभिनय गर्नुभएको छ । हामी कलाक्षेत्रका व्यक्तिहरुले आफ्ना छोराछोरीलाई दर्शक सामु ल्याएका छौँ। यसमा पुराना र स्थापित कलाकारहरुले पनि अभिनय गर्नुभएको छ । सिनेमा कमर्सियल विधामा बनेको छ । खासमा गजब बनेको छ ।

फेरि पनि भर्खर हल खुल्दै छ, नयाँ सिनेमा हलमा लगाउन हतार भएन र?
यो समयमा सिनेमा ल्याउनु मेरा दर्शकको लागि हो । मलाई ४० वर्ष देखि दिएकाे माया र विश्वासलाई कर्तव्य सम्झेर पनि यो समयमा सिनेमा लिएर आएको हुँ । मलाई बनाएको दर्शकले हो, मैले दर्शकलाई मनोरञ्जन दिनु पर्छ । मेरो फिल्म हेर्न दर्शक हल सम्म आउनुहुन्छ । कोरोनाको कारण घर भित्र उकुस मुकुस भएर बस्नु भएका दर्शकलाई नयाँ ताजा सिनेमा दिएको छु ।

अन्तिममा,यो सिनेमाको प्रदर्शनसँगै सिने क्षेत्रमा कस्तो प्रभाव पर्छ ?

यो सिनेमाको प्रदर्शनसँगै बन्द भएका, रोकिएर रहेका कामहरु सुचारु गर्न बाटो खोल्छ । अब केही गर्नुपर्छ चुप लागेर बस्नु हुन्न भन्ने सन्देश प्रवाह गर्छ । साथै सिने क्षेत्रका प्राविधिक कलाकारहरुले काम पाउने वातावरण बन्छ । हामीले प्राविधिक कलाकारहरुलाई काम पनि दिनु छ । मैले पनि सिनेमाको प्रदर्शन पछि संकलन हुने केही रकम प्राविधिकहरुलाई सहयोग गर्नेछु।

!function(f,b,e,v,n,t,s)
{if(f.fbq)return;n=f.fbq=function(){n.callMethod?
n.callMethod.apply(n,arguments):n.queue.push(arguments)};
if(!f._fbq)f._fbq=n;n.push=n;n.loaded=!0;n.version=’2.0′;
n.queue=[];t=b.createElement(e);t.async=!0;
t.src=v;s=b.getElementsByTagName(e)[0];
s.parentNode.insertBefore(t,s)}(window,document,’script’,
‘https://connect.facebook.net/en_US/fbevents.js’);
fbq(‘init’, ‘1195449414139772’);
fbq(‘track’, ‘PageView’);

(function(d, s, id) {
var js, fjs = d.getElementsByTagName(s)[0];
if (d.getElementById(id)) return;
js = d.createElement(s); js.id = id;
js.src = ‘https://connect.facebook.net/ne_NP/sdk.js#xfbml=1&version=v2.11&appId=557438237925255’;
fjs.parentNode.insertBefore(js, fjs);
}(document, ‘script’, ‘facebook-jssdk’));

फेसबुकबाट प्रतिक्रिया

धेरै पढिएको

सम्बन्धित खवर

भर्खरै