भारतमा शनिबार सुरु हुँदै छ कोभिड खोप अभियान, ३० करोडलाई लगाउने तयारी

भारतले १६ जनवरीदेखि कोभिड–१९ विरुद्ध खोप अभियान सुरु गर्ने भएको छ।

यो अभियोन विश्वको दोस्रो ठूलो जनसंख्यामा हुन लागेको हो।

गएको ३ जनवरीमा केन्द्र सरकारले पुणेस्थित सिरम इन्स्टिच्युट अफ इन्डियाद्वारा निर्मित ‘अक्सफोर्ड–एस्ट्राजेनेका’को ‘कोभिसिल्ड’ तथा भारत बायोटेकको ‘कोभ्याक्सिन’लाई आकस्मिक उपयोगका लागि अनुमति दिएको थियो।

भारत बायोटेकको ‘कोभ्याक्सिन’ले दोस्रो चरणको परीक्षण पूरा गरेको छ।

अहिले भारतभरका २५ वटा केन्द्रमा तेस्रो चरणको परीक्षण चलिरहेको छ, जसमा २५ हजार जनाभन्दा बढी सहभागी छन्।

खोप अभियानको पहिलो चरणमा ३० करोड जनालाई खोप दिने भारत सरकारको योजना छ जसका लागि १० प्रतिशत नोक्सानीको आकलनसहित ६६ करोड डोज खोज आवश्यक हुने अधिकारीहरूको भनाइ छ।

केन्द्रीय स्वास्थ्य मन्त्रालयका हरेक व्यक्तिले २८ दिनको अन्तरालमा दुई डोज खोप लिनुपर्ने जनाएको छ।

उक्त खोपको प्रभाव १४ दिनभित्र देखिने स्वास्थ्यकर्मीले बताएका छन्। भारत सरकारले एक सय १० लाख डोज ‘कोभिसिल्ड’ र ५५ लाख डोज ‘कोभ्याक्सिन’ खरिद गरेको छ।

‘कोभिसिल्ड’ प्रतिडोज दुई सय र ‘कोभ्याक्सिन’ प्रतिडोज दुई सय ६ भारतीय रुपैयाँ मूल्य परेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

भारतले कोभिड–१९ खोपका लागि ‘एचसीक्यू मोडेल’ अपनाएको छ। त्यो भनेको अन्य मुलुकबाट खोप आयात गर्न रोक लगाइएको छैन तर त्यसलाई सीमित गर्न सकिने प्रावधान कायमै राखिएको छ।

३० करोड जनसंख्यालाई खोपको सबैभन्दा पहिलो प्राथमिकतामा राखिएको छ। खोपका लागि चारवटा प्राथमिकता समूह निर्धारण गरिएको छ। जसमध्ये पहिलो दुई समूहमा स्वास्थ्य सेवा प्रदायक कर्मचारी, सरकारी(निजी दुवै स्वास्थ्य संस्थाका करिब एक करोड कर्मचारी, राज्य र केन्द्रीय प्रहरी, सशस्त्र बल, होमगाडी र नागरिक सुरक्षा संगठनमा आबद्ध करिब दुई करोड कर्मचारी र नगरपालिका कर्मचारी पर्ने छन्।

अन्य दुई समूहमा ५० वर्षमाथिको उमेरका नागरिक र कुपोषणग्रस्त बालबालिकालाई सामेल गरिने छ।

चारवटा समूहको कुल आवादी करिब ३० करोड रहेको सरकारी अनुमान छ। सरकारले कोभिड–१९ खोपका लागि ‘को–विन’ नामक एक मोबाइल एप विकास गरेको छ।

त्यसमा ७० लाख ३३ हजार तीन सय ३८ स्वास्थ्यकर्मी पञ्जीकृत भएका छन्। तीमध्ये सरकारी ५१ हजार चार सय ५९ र निजीक्षेत्रका एक लाख ६२ हजार नौ सय ३३ गरी दुई लाख ३४ हजार चार सय २१ जना खोपकर्मी छन्। १२ जनवरीदेखि कोभिसिल्डलाई पुणेबाट देशभर ढुवानी गर्न थालिएको हो।

स्वास्थ्य मन्त्रालयका अनुसार कोभिड–१९ खोप भण्डारणका लागि भारतभर २९ हजार कोल्डचेन विन्दु तय गरिएको छ। जसमध्ये दुई सय ४० वाक–इन कुलर, ७० वाक–इन फ्रिजर, ४५ हजार आइस–लाइन्ड रेफ्रिजेरेटर, ४१ हजार डिप फ्रिजर र तीन सय सोलर रेफ्रिजेरेटर प्रयोग हुने छन् । हरियाणाको करनाल, कोलकाता, चेन्नई र मुम्बईमा गरी चारवटा मेडिकल स्टोर डिपो खोप अभियानमा प्रयोग गर्दै गर्दा देशभरका ३७ वटा खोप भण्डारण केन्द्र तयार पारिएको छ। यस्तै, ७१ लाख २२ हजार डोज खोप जहाजहरूमा सम्बन्धित स्थानमा पुर्याइने छ भने त्यसमध्ये ५४ लाख ७२ हजार डोज खोप सम्बन्धित स्थानमा पुगिसकेको छ।

!function(f,b,e,v,n,t,s)
{if(f.fbq)return;n=f.fbq=function(){n.callMethod?
n.callMethod.apply(n,arguments):n.queue.push(arguments)};
if(!f._fbq)f._fbq=n;n.push=n;n.loaded=!0;n.version=’2.0′;
n.queue=[];t=b.createElement(e);t.async=!0;
t.src=v;s=b.getElementsByTagName(e)[0];
s.parentNode.insertBefore(t,s)}(window,document,’script’,
‘https://connect.facebook.net/en_US/fbevents.js’);
fbq(‘init’, ‘1195449414139772’);
fbq(‘track’, ‘PageView’);

(function(d, s, id) {
var js, fjs = d.getElementsByTagName(s)[0];
if (d.getElementById(id)) return;
js = d.createElement(s); js.id = id;
js.src = ‘https://connect.facebook.net/ne_NP/sdk.js#xfbml=1&version=v2.11&appId=557438237925255’;
fjs.parentNode.insertBefore(js, fjs);
}(document, ‘script’, ‘facebook-jssdk’));

फेसबुकबाट प्रतिक्रिया

धेरै पढिएको

सम्बन्धित खवर

भर्खरै