कोरोना अपडेटः संक्रमित २ लाख ६६ हजार ५४६, निधन १९४३, डिस्चार्ज २ लाख ६० हजार १७७

काठमाडौँ-  नेपालमा पछिल्लो २४ घण्टामा थप ४०३ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ६६ हजार ५४६ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार इलाममा १, उदयपुरमा १, ओदलढुङ्गामा १, खोटाङमा १, झापामा २, ताप्लेजुङमा १, धनकुटामा १, मोरङमा ८, सुनसरीमा ४, धनुषामा १, काठमाडौँमा २२०, काभ्रेमा २, चितवनमा ४, धादिङमा १, नुवाकोटमा ११, भक्तपुरमा ३, मकवानपुरमा ७, ललितपुरमा २३ र सिन्धुलीमा २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

यस्तै कास्कीमा ३२, गोरखामा १, तनहुँमा ५, पर्वतमा २, म्याग्दीमा ६, लमजुङमा ९, बागलुङमा ६, अर्घाखाँचीमा ४, कपिलवस्तुमा १, दाङमा ५, पाल्पामा ४, प्यूठानमा १, बर्दियामा ५, बाँकेमा ३२, रकुमपूर्वमा १, रुपन्देहीमा ९, सल्यानमा ३, सुर्खेतमा ५, अछाममा १, कञ्चनपुरमा १ तथा बझाङमा ६ जना संक्रमित थपिएका छन्।

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप २४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

मन्त्रालयका अनुसार बिहीबार ४०५ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ६० हजार १७७ पुगेको छ।

गत २४ घन्टामा ५ हजार ३२ पीसीआर परीक्षण भएको छ। देशभर ४ हजार ४ सय २६ सक्रिय संक्रमित रहेका छन्।

यस्तै नेपालमा पछिल्लो २४ घण्टामा थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ९ सय ४३ पुगेको छ।

मन्त्रालयका अनुसार हाल देशभर १५२ जना कोरोना संक्रमितको आईसीयूमा र ३३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।

!function(f,b,e,v,n,t,s)
{if(f.fbq)return;n=f.fbq=function(){n.callMethod?
n.callMethod.apply(n,arguments):n.queue.push(arguments)};
if(!f._fbq)f._fbq=n;n.push=n;n.loaded=!0;n.version=’2.0′;
n.queue=[];t=b.createElement(e);t.async=!0;
t.src=v;s=b.getElementsByTagName(e)[0];
s.parentNode.insertBefore(t,s)}(window,document,’script’,
‘https://connect.facebook.net/en_US/fbevents.js’);
fbq(‘init’, ‘1195449414139772’);
fbq(‘track’, ‘PageView’);

(function(d, s, id) {
var js, fjs = d.getElementsByTagName(s)[0];
if (d.getElementById(id)) return;
js = d.createElement(s); js.id = id;
js.src = ‘https://connect.facebook.net/ne_NP/sdk.js#xfbml=1&version=v2.11&appId=557438237925255’;
fjs.parentNode.insertBefore(js, fjs);
}(document, ‘script’, ‘facebook-jssdk’));

फेसबुकबाट प्रतिक्रिया

धेरै पढिएको

सम्बन्धित खवर

भर्खरै