मलेसियामा एकैदिनमा तीन हजार ३३७ जना कोरोना संक्रमित

क्वालालाम्बर-मलेसियामा कोरोनाभाइरसबाट एकैदिनमा अहिलेसम्मकै सबैभन्दा धेरै सङ्क्रमित भएका छन् ।

सरकारी अधिकारीहरूले बिहीबार दिएको जानकारी अनुसार एकैदिनमा तीन हजार ३३७ जना सङ्क्रमित भएका हुन् । यो सङ्ख्या महामारी सुरु भएदेखिकै सवैभन्दा धेरै भएको उनीहरुले जनाएका छन् ।

मलेसियामा कोरोनाका कारण अहिलेसम्म एक लाख ४७ हजार ८५५ जना सङ्क्रमित भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका महानिर्देशक नुर हिशाम अब्दुल्लाहद्वारा जारी प्रेस वक्तव्यमा एकैदिनमा सङ्क्रमितमध्ये तीन हजार ३३० जना स्वदेश भित्रै एक अर्कामा सरेर सङ्क्रमित भएको उल्लेख गरिएको छ ।

उहाँले कोरोनाभाइरसबाट सङ्क्रमित भएकामध्ये १५ जनाको मृत्यु भएको पनि जानकारी दिए। योसँगै मलेसियामा कोरोनाबाट अहिलेसम्म ५७८ जनाको मृत्यु भएको छ ।

मलेसियामा अहिलेपनि ३३ हजार ९८९ जना सङ्क्रमित अवस्थामै रहेको मन्त्रालयका अधिकारीहरुले जनाएका छन् ।

!function(f,b,e,v,n,t,s)
{if(f.fbq)return;n=f.fbq=function(){n.callMethod?
n.callMethod.apply(n,arguments):n.queue.push(arguments)};
if(!f._fbq)f._fbq=n;n.push=n;n.loaded=!0;n.version=’2.0′;
n.queue=[];t=b.createElement(e);t.async=!0;
t.src=v;s=b.getElementsByTagName(e)[0];
s.parentNode.insertBefore(t,s)}(window,document,’script’,
‘https://connect.facebook.net/en_US/fbevents.js’);
fbq(‘init’, ‘1195449414139772’);
fbq(‘track’, ‘PageView’);

(function(d, s, id) {
var js, fjs = d.getElementsByTagName(s)[0];
if (d.getElementById(id)) return;
js = d.createElement(s); js.id = id;
js.src = ‘https://connect.facebook.net/ne_NP/sdk.js#xfbml=1&version=v2.11&appId=557438237925255’;
fjs.parentNode.insertBefore(js, fjs);
}(document, ‘script’, ‘facebook-jssdk’));

फेसबुकबाट प्रतिक्रिया

धेरै पढिएको

सम्बन्धित खवर

भर्खरै