विश्वभर कोभिड–१९ बाट ज्यान गुमाउनेको संख्या २० लाख नाघ्यो

कोरोना भाइरसकोबाट संक्रमित भइ विश्वभर मृत्यु हुनेको संख्या २० लाख नाघेको छ ।

जोन्स हप्किन्स विश्वविद्यालयको कोरोना भाइरस स्रोत केन्द्रका अनुसार विश्वभर अहिलेसम्म कोभिड–१९ का कारण २० लाख ६ हजार पाँच सय भन्दा धेरैको ज्यान गएको छ ।

विश्वभर संक्रमितको संख्या ९ करोड ३७ लाख ५१ हजार पाँच सय पुगेको छ ।

महामारीबाट सबैभन्दा बढि प्रभावित भएको अमेरिकामा संक्रमितको संख्या दुई करोड ३४ लाख ९१ हजार भन्दा धेरै पुग्दा तीन लाख ९१ हजार पाँच सय भन्दा बढि अमेरिकीको कोभिड–१९ बाट ज्यान गएको छ ।

भारतमा संक्रमितको संख्या एक करोड पाँच लाख २७ हजार भन्दा बढि र मृत्यु हुनेको संख्या एक लाख ५१ हजार ९ सय भन्दा धेरै छ ।

कोभिड–१९ बाट ब्राजिलमा दुई लाख ८ हजार, रुसमा ६३ हजार पाँच सय, बेलायतमा ८७ हजार चार सय, फ्रान्समा ७० हजार, टर्कीमा २३ हजार ६ सय, इटालीमा ८१ हजार तीन सय, स्पेनमा ५३ हजार तीन सय, जर्मनीमा ४५ हजार सात सय, कोलम्बियामा ४७ हजार ८ सय, अर्जेन्टिनामा ४५ हजार दुई सय, मेक्सिकोमा एक लाख ३७ हजार ९ सय तथा पोल्याण्डमा ३२ हजार ८ सय भन्दा धेरैको ज्यान गएको छ ।

!function(f,b,e,v,n,t,s)
{if(f.fbq)return;n=f.fbq=function(){n.callMethod?
n.callMethod.apply(n,arguments):n.queue.push(arguments)};
if(!f._fbq)f._fbq=n;n.push=n;n.loaded=!0;n.version=’2.0′;
n.queue=[];t=b.createElement(e);t.async=!0;
t.src=v;s=b.getElementsByTagName(e)[0];
s.parentNode.insertBefore(t,s)}(window,document,’script’,
‘https://connect.facebook.net/en_US/fbevents.js’);
fbq(‘init’, ‘1195449414139772’);
fbq(‘track’, ‘PageView’);

(function(d, s, id) {
var js, fjs = d.getElementsByTagName(s)[0];
if (d.getElementById(id)) return;
js = d.createElement(s); js.id = id;
js.src = ‘https://connect.facebook.net/ne_NP/sdk.js#xfbml=1&version=v2.11&appId=557438237925255’;
fjs.parentNode.insertBefore(js, fjs);
}(document, ‘script’, ‘facebook-jssdk’));

फेसबुकबाट प्रतिक्रिया

धेरै पढिएको

सम्बन्धित खवर

भर्खरै