कस्तो होला यो साता तपाईको भाग्य ? हेर्नुहोस् राशिफल

कस्तो होला यो साता तपाईको भाग्य ? हेर्नुहोस् राशिफल

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
यो साता कार्य सम्पादनमा सहजता मिल्नेछ । भाग्यले साथ दिनेछ भने काममा सफलता हात पर्नेछ । नयाँ काम सुरु गर्ने मौका छ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । चिताएको कामले तीव्रता लिनेछ ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
किनमेल गर्दा विशेष सावधानी अपनाउनुहोला, सामानहरू छुट्ने–हराउने सम्भावना छ । महत्त्वपूर्ण अवसर गुम्न सक्छ । मंगलवारबाट अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । गोपनीय ढङ्गले गरिएको क्रियाकलापमा सफलता पाउनुहुनेछ ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
यो साता मनमिल्ने प्यारोसाथी संग भेट होला । सामाजिक कार्यमा सफलता मिल्नेछ । कसैलाई परदेशी घर फर्कने र घरपरिवारमा र रमाइलो वातावरण छाउनेछ । रोकिएका काम पुनः सुरु हुन सक्छ । सौन्दर्यतामा धन खर्च हुनेछ ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
रमाइलो यात्रा गर्ने अवसर जुट्न सक्छ । शुभकार्यको चर्चा चल्नेछ । दुरदराजमा रहेका आफन्तजनसँग सम्बन्ध कायम हुनेछ । साताको अन्त्यमा काममा अबरोध सृजना हुन सक्ने सम्भावना रहेकोले संघर्षको सामना गर्नुपर्ने छ ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
यो साता कुनै नयाँ कार्यको थालनी होला । विपरीत वर्गप्रति आकर्षण बढ्नेछ । परिणाममुखी जिम्मेवारी वहन गर्ने समय आएको छ । मठ–मन्दिरको भ्रमणले काम सम्पन्न गर्न थप ऊर्जा प्रदान गर्नेछ । घर व्यवहारको समस्याले सताउनेछ ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
यो साता प्रतिष्ठित काम गर्ने मौका छ । सामाजिक कामको दायित्व बढ्नेछ । भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने योग छ । व्यापारमा राम्रै लाभ र फाइदा हुनेछ । अरूलाई प्रभावित पारेर काम बनाउने समय छ । सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ । वैदेशिक क्षेत्रमा सफलता मिल्नेछ । धार्मिक यात्राको योग रहेको छ । ठीक समयमा सही निर्णय लिन सकिनेछ । व्यापार व्यवसायमा सफलता पाईनेछ ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
लगनशीलताले कामहरु अगाडी बढ्नेछन । नजिकको मित्रसँग भेटघाट हुनेछ । नयाँ ठाउँमा लगानिको योजना बन्नेछ । आफन्त, सहयोगी र मित्रवर्गको सहयोगले महत्त्वपूर्ण कार्य सम्पन्न हुन सक्छ । आफन्तले तपाईंका विचारलाई समर्थन गर्नेछन् ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
यो सातामा तपाईंको लगनशिलतालाई भित्रभित्रै मन पराइएको अवस्था छ । प्रतिस्पर्धी परास्त हुन सक्छन् । सजिलै अरुको बिश्वास जित्न सकिनेछ । वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । कुनै नयाँ ठाउँमा निवेश र लगानीको वातावरण बन्नेछ ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
साताको सुरुका दिनमा साना तिना समस्यामा अल्झिनु पर्ने हुन्छ । नियम र अनुशासनलाई बेवास्ता गर्दा अवसर र लाभ गुम्न सक्छ । साताको मध्यबाट आदर्श ब्यक्तिसँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । नाता–कुटुम्बको आगमन हुन सक्ने सम्भावना छ ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
यो साता लामो समय देखि रोकिएको अधूरो कार्यले पूर्णता पाउनेछ । आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । धार्मिक तथा महत्त्वको क्षेत्रको भ्रमण हुन सक्छ । रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
पारिवारिक साथ सहयोगले उल्लेख्य कार्य सम्पादन हुने देखिन्छ । हाँसखेल र मनोरञ्जनपूर्ण समय पनि रहेको छ । श्रमको उचित मूल्याङ्कन होला । पढाइमा प्रगति हुनेछ । स्वास्थ्य क्षेत्र निर्बल रहने भएकाले सजगता अपनाउनु नै उचित हुनेछ । ज्यो.प. नारायणप्रसाद दुलाल (अधिक जानकारीका लागि 977-9849559502)

 

(function(d, s, id) {
var js, fjs = d.getElementsByTagName(s)[0];
if (d.getElementById(id)) return;
js = d.createElement(s); js.id = id;
js.src = ‘https://connect.facebook.net/en_GB/sdk.js#xfbml=1&version=v3.2&appId=993051320823621&autoLogAppEvents=1’;
fjs.parentNode.insertBefore(js, fjs);
}(document, ‘script’, ‘facebook-jssdk’));

फेसबुकबाट प्रतिक्रिया

धेरै पढिएको

सम्बन्धित खवर

भर्खरै