माघ ०५ गते सोमबार, यस्तो छ तपाईको राशिफल

माघ ०५ गते सोमबार, यस्तो छ तपाईको राशिफल

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) –
पारिवारिक जीवन सुखद रहनेछ भने घर परिवारका सदस्य, मित्र, नातागोता माझ सम्बन्ध सुदृड हुनेछ । राम्रा काम गर्न सकिने हुनाले पराक्रम र प्रसिद्धिमा वृद्धि हुनेछ । छोटो दुरिको यात्रा फलदायी हुनेछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) –
अध्ययन तथा अध्यापनमा एक कदम अगाडी बढी अरुलाई किनारा लगाउन सकिनेछ । व्यापार व्यावसायमा मनग्गे आम्दानी हुनेछ । माया प्रेममा एक अर्कालाई शंकाको दृष्टिले हेदा मनमुटाब बढ्नेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) –
आफन्तको सहयोग नपाईनाले नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्नेछ । स्वास्थ्य सम्बन्धी समस्या आई कमजोर भएको अनुभूति हुनेछ । छोटो दुरिको धार्मिक यात्रा हुने भएपनि बाटोमा दुःख हुन सक्छ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) –
आफन्त तथा सहयोगिहरु टाडिने हुँदा एक्लोपनको महशुष हुनेछ । व्यापार व्यावसायमा सोचे जस्तो आम्दानि नहुँदा दैनिकि कष्टकर हुनेछ । सरोकार नभएका विषयमा चासो राख्दा समस्यामा परिनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) –
रमाईलो यात्राको तय हुने तथा व्यापारबाट नाँफा कमाउन सकिनेछ । दाम्पत्य जीवनमा एक अर्कालाई सहयोग गर्दै अगी बढ्न सकिनेछ । स्वास्थ्य आफ्नै काबुमा रहने हुनाले नयाँ काम गर्ने जोस जागर बढेर आउनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) –
माया प्रेमको गाठो कसिलो हनुको साथै दाम्पत्य जीवन सुमधुर रहनेछ । सत्रु परास्त हुनेछन् भने न्यायलयबाट हुने न्यायिक निर्णयहरु तपाईँकै पक्षमा हुनेछन् । व्यापार व्यावसायबाट भने जस्तो आम्दानी हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
मान तथा सम्मानमा दाग लाग्न सक्छ, काम गर्दा ध्यान लिनुहोला । व्यावसायमा भने जस्तो आम्दानी नहुने हुनाले दैनिक गुजारा चलाउन हम्मे हम्मे पर्नेछ । हतार गर्ने बानिले अनाबस्यक बिवादमा फस्ने योग रहेको छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
घरायसी वातावरणमा केही असामान्य अवस्थाको सिर्जना हुनेछ । परिवारभित्रका झिनामसिना काममा धेरै समय खर्चनु पर्नेछ । मनमा अस्थिरता आउने तथा आत्मविश्वासमा कमी हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
बिग्रन लागेको काम थोरै समय दिएर फत्ते गर्न सकिनेछ । आफन्त तथा अग्रजको सहयोगले राम्रा काम गर्न सकिनेछ । दाजुभाई तथा छिमेकीसँग मिलेर गरिने कामबाट मनग्गे धन आर्जन गर्न सकिनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
खानपानमा ध्यान नदिदा स्वास्थ्य सम्बन्धी समस्या आउनेछ । आर्थिक रुपमा सम्पन्न हुन चालिएका कदमहरु बिफल हुने हुदा दैनिकी प्रभावित हुनेछ । बोल्दा वा कुनैपनि निर्णय गर्दा ख्याल गर्नुहोला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
समाजको पक्षमा काम गर्न सकिने तथा शुरु गरेका कामहरु समयमा सम्पन्न हुनेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा गरिएको लगानिबाट भने जस्तो नतिजा हात लाग्ने हुनाले मन प्रशन्न रहनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
समय मध्ययम रहेकोले सानातिना सरसामान हराउन सक्ने वा चोरी हुने योग रहेको छ । रकमको कारोबार र लेनदेनमा विवाद आउने सम्भावना छ । ठूलो योजनहरु केहि समयको लागी थाती राख्नुनै उचित हुनेछ ।

 

(function(d, s, id) {
var js, fjs = d.getElementsByTagName(s)[0];
if (d.getElementById(id)) return;
js = d.createElement(s); js.id = id;
js.src = ‘https://connect.facebook.net/en_GB/sdk.js#xfbml=1&version=v3.2&appId=993051320823621&autoLogAppEvents=1’;
fjs.parentNode.insertBefore(js, fjs);
}(document, ‘script’, ‘facebook-jssdk’));

फेसबुकबाट प्रतिक्रिया

धेरै पढिएको

सम्बन्धित खवर

भर्खरै