सावधान ! के दिनमा २ पटक भन्दा बढी मुख धुनुहुन्छ ?

केही मान्छे आफ्नो अनुहारलाई चम्काउन भन्दै दिनमा धेरैपटक मुख धुने बानी हुन्छ। तर एक दिनमा धेरेपटक मुख धुनु अनुहारको लागि खतरनाक हो।

सामान्यतया: अनुहारबाट फोहोर हटाउनको लागि या अनुहारमा चमक ल्याउनको लागि मानिसहरु पटक-पटक फेश वाश गर्छन्। तर वास्तवमा यस्तो हैन। यसले तपाईको त्वचामा केही बेरको लागि अवश्य चमक ल्याउँछ। तर दीर्घकालीन रुपमा यसले त्वचामा नराम्रो प्रभाव पार्दछ।

यस्ता छन् धेरैपटक मुख धुनुका बेफाइदा

खराब हुन्छ स्किन:

पटक-पटक मुख धुँदा त्वचाको पिएच भ्यालु(pH Value) खराब हुन्छ। पिएच भ्यालु ० देखि १४ को बीचमा हुन्छ, जसको आधारमा वस्तुको अम्लीय या क्षारीय गुण पता लगाइन्छ। सामान्यतया: सामान्य त्वचाको पिएच भ्यालु ४.२ देखि ५.५ को बीचमा हुन्छ। यदि तपाई दिनमा १ या दुई पटक मुख धुनु हुन्छ भने यसले तपाईको त्वचाको नेचुरल पिएच भ्यालुमा अधिक प्रभाव पर्दैन। तर २ पटक भन्दा बढी मुख धुनुहुन्छ भने यसले त्वचाको पिएच भ्यालु बिग्रिन्छ र लामो समयसम्म यो आदत दोहोर्याउँदा तपाईको त्वचा चाँडै बुढो देखिन्छ।

हराउँछ त्वचाको आद्रता:

त्वचाको सबैभन्दा माथिल्लो पत्रमा एक प्राकृतिक तेल हुन्छ, जसलाई सिबम भनिन्छ। यो प्राकृतिक तेलले तपाईको त्वचालाई मुलायम कायम राख्न मद्दत पुर्याउँछ। जसले गर्दा त्वचाको भित्री तहमा पानीको जरुरी मात्रा कायम रहन्छ। यदि तपाई बारम्बार अनुहार धोईरहनुहुन्छ भने तपाईको त्वचामा रहेको सिबम हट्छ र तपाईको त्वचा सुख्खा हुन् थाल्छ। रुखो त्वचामा प्वाल-प्वाल पर्ने र दाग आउने सम्भावना बढी हुन्छ।

जलन र चिलाउने समस्या:

यदि तपाई मुख धुनको लागि हरेक पटक केमिकल वाला फेसवास प्रयोग गर्नुहुन्छ भने त्यसले जलन र चिलाउने समस्या पनि हुन् सक्छ। दिनमा पटक-पटक मुख धुँदा त्वचामा रहेको सिबम आयलको प्रोटेक्टिव लेयर नष्ट हुन्छ, जसको कारण ब्याक्टेरिया, केमिकल र प्रदुषणका कणले सिधा तपाईको त्वचामा आ-क्रमण गर्दछ।

माइक्रोफ्लोरा घट्दा जान्छ नेचुरल ग्लो

केमिकल वालास फेसवाश प्रयोग गर्दा थोरै समयको लागि तपाईको अनुहारमा चमक आउँछ, पछि बिस्तारै तपाईको त्वचाको नेचुरल ग्लो हट्दै जान्छ। त्वचामा एक खास किसिमको माइक्रोफ्लोरा या माइक्रोबायोम हुन्छ, जसले तपाईको त्वचामा चमक ल्याउँछ र हानिकारक ब्याक्टेरियाबाट तपाईको त्वचालाई बचाउँछ। तर पटक-पटक अनुहार धुँदा ती माइक्रोफ्लोराका संख्या घट्छन र तपाईको त्वचाको प्राकृतिक चमक हराएर जान्छ।

यो पनि- साङ्लाले हैरान पारेको छ ? यी ७ उपायले बनाउछ भागाभाग

शहर होस् या गाउँ, भान्सामा हुने साङ्लाबाट आजित नहुने सायदै होलान् । शहरी क्षेत्रमा साङ्ला नियन्त्रण गर्न विभिन्न रसायनिक औषधि (विषादी) पनि प्रयोग गरिन्छ । तर, त्यसको प्रयोगबाट पनि प्रभावकारी नतिजा हात पार्न सकिदैन ।

त्यसमाथी मूल्यका हिसावले महङ्गा हुने त्यस्ता विषादी खरिद गर्ने कुरा सबैको आर्थिक क्षमताले नभ्याउने अवस्था पनि हुन सक्छ ।

त्यसो भए विषादी विनै साङ्लाबाट कसरी छुट्करा पाउने त ? घरेलु उपाय अपनाएर साङ्ला नियन्त्रण गर्ने विषयमा केही चर्चा यो आलेखमा गरिएको छ ।

तेजपत्ताको प्रयोग

तेजपत्ताको बास्नाले साङ्ला भाग्ने गर्छन् । घरको जुन ठाउँमा बढी मात्रामा साङ्ला देखिन्छन्, त्यही ठाउँमा तेजपत्ताको धुलो राख्ने गरेमा यसको बास्नाले साङ्ला भाग्ने गर्छन् ।

बेकिङ पाउडर र चिनी

यसको प्रयोगले पनि साङ्ला भाग्ने गर्छन् । एक कचौरामा धुलो पारिएको चिनी र बेकिङ पाउडरलाई बराबर मिलाएर साङ्ला आउने ठाउँमा राख्नुहोस् । चिनीको स्वादका कारण साङ्लाले त्यो धुलो खान्छ र बेकिङ पाउडरको गन्धले साङ्ला मर्ने गर्छन् ।

ल्वाङ

ल्वाङको गन्धले पनि साङ्ला भगाउन मद्दत गर्छ । ल्वाङको गन्धका कारण साङ्ला तुरुन्तै भाग्ने गर्छ ।

बोरेक्स पाउडरको प्रयोग

साङ्ला बढी आउने ठाउँमा बोरेक्स पाउडर छर्नाले पनि साङ्ला चाँडै भाग्ने गर्छ । तर यो स्वास्थ्यका लागि हानिकारक हुने भएको हुँदा बालबच्चालाई टाढै राखेर यसको प्रयोग गर्नु उत्तम मानिन्छ ।

मट्टितेलको प्रयोग

मट्टीतेलको प्रयोगले पनि साङ्ला भाग्ने गर्छन् । जहा बढी मात्रामा साङ्ला हुन्छन्, त्यस ठाउँमा मट्टीतेल छर्किनुभयो भने त्यसको गन्धले साङ्ला भाग्छन र मर्छन् पनि ।

रेड वाइन

भान्सा घरमा भएका साङ्ला भगाउनको लागि एउटा कचौरामा थोरै रेड वाइन राख्नुस् । यसको बास्नाले लुकेका साङ्लाहरु बाहिर निस्किनुका साथै भाग्ने र मर्ने गर्छन् ।

अण्डाको बोक्रो

अण्डाको बोक्रोको प्रयोगले पनि तपाइले साङ्लालाई धपाउन सक्नुहुन्छ । प्राय घरमा अण्डा प्रयोग भइरहन्छ । तर, अण्डाको बोक्रा यत्तिकै फ्याकिन्छ, यदि यसको सही प्रयोग गर्नुभयो भने साङ्ला धपाउन सकिन्छ ।

अण्डाको बोक्रा कुनै कुनामा राखेमा त्यसबाट आउने स्मेलले पनि साङ्ला बाहिर निस्किने र भाग्ने गर्छन् ।

फेसबुकबाट प्रतिक्रिया

धेरै पढिएको

सम्बन्धित खवर

भर्खरै