नेपालमा नयाँ प्रकारको कोरोना भित्रिएको पुष्टि

काठमाडौँ – नेपालमा नयाँ प्रकारको कोरोना भाइरस भित्रिएको पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति जारी गरेर नयाँ प्रजातिको उद्गमस्थल बेलायतबाट केही दिन अघि आएका ६ जना मध्ये तीनजनामा नयाँ प्रकारको कोरोना भाइरसको संक्रमण देखिएको जनाएको छ।

नयाँ प्रकारकाे भाइरसकाे संक्रमण भए नभएकाे पत्ता लगाउनका लागि उनीहरुकाे नमुना विश्व स्वास्थ्य संगठनकाे सहयाेगमा पुष २७ गते  हङकङकाे प्रयाेगशालामा पठाइएकाे थियाे।

त्यसकाे रिपाेर्ट माघ ५ गते (साेमबार) प्राप्त भएकाे मन्त्रालयले जनाएकाे छ। नयाँ प्रकारकाे काेराेना भाइरसबाट संक्रमित हुनेमा २८ वर्षकी महिला तथा ६७ र ३२ वर्षका पुरुष छन्।

२८ वर्षकी महिला र ३२ वर्षका पुरुष हाल संक्रमणमुक्त भइसके पनि ६७ वर्षीय पुरुषमा भने अझै पनि संक्रमण कायम रहेकाे स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले जानकारी दिएका छन्। मन्त्रालयले उनीहरुकाे ठेगाना खुलाएकाे छैन।

 

फेसबुकबाट प्रतिक्रिया

धेरै पढिएको

सम्बन्धित खवर

भर्खरै