कोरोना अपडेट: संक्रमित २ लाख ६७ हजार ६४४, निधन १ हजार ९६५, डिस्चार्ज २ लाख ६१ हजार ८१८

काठमाडौँ- देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ६७ हजार ६४४ पुगेको छ भने मृत्‍यु हुनेको संख्‍या १ हजार ९ सय ६५ पुगेको छ।

यस्तै डिस्चार्ज हुनेको संख्या २ लाख ६१ हजार ८१८ पुगेको छ भने सोमबार ३७४ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्।

नेपालमा पछिल्लो २४ घण्टामा थप ३२२ जना कोरोना संक्रमित थपिएका छन्। नेपालमा पछिल्लो २४ घण्टामा थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

यसका साथै नेपालमा नयाँ प्रकारको कोरोना भाइरस भित्रिएको पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति जारी गरेर नयाँ प्रजातिको उद्गमस्थल बेलायतबाट केही दिन अघि आएका ६ जनामध्ये तीनजनामा नयाँ प्रकारको कोरोना भाइरसको संक्रमण देखिएको जनाएको छ।

नयाँ प्रकारको भाइरसको संक्रमण भए नभएको पत्ता लगाउनका लागि उनीहरुको नमुना विश्व स्वास्थ्य संगठनको सहयोगमा पुष २७ गते हङकङको प्रयोगशालामा पठाइएको थियो। त्यसकाे रिपोर्ट माघ ५ गते (सोमबार) प्राप्त भएको मन्त्रालयले जनाएको छ। नयाँ प्रकारको कोरोना भाइरसबाट संक्रमित हुनेमा २८ वर्षकी महिला तथा ६७ र ३२ वर्षका पुरुष छन्।

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १६३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ जसमा काठमाडौँमा १४१, भक्तपुरमा ७ र ललितपुरमा १५ जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार झापाका ४, मोरङका ५, सुनसरीमा २, बाराका १, सप्तरीमा २, सर्लाहीमा १, सिराहामा १, काठमाडौँमा १४१, काभ्रेमा २, चितवनमा २२, धादिङमा १, नुवाकोटमा १०, भक्तपुरमा ७, मकवानपुरमा ५, ललितपुरमा १५, सिन्धुलीमा २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

यस्तै कास्कीमा २१, गाोरखामा ४, तनहुँमा ६, नवलपरासीपुर्वमा ६, पर्वतमा ३, म्याग्दीमा ४, लमजुङमा २, बागलुङमा ११, अर्घाखाँचीमा ३, कपिलवस्तुमा ३, दाङमा ३, पाल्पामा ३ बर्दियामा २, बाँकेमा १९, रुपन्देहीमा ६, तथा बझाङमा ५ जना संक्रमित थपिएका छन्।

हाल देशभर १६१ जना कोरोना संक्रमितको आइसीयूमा र ३४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।

!function(f,b,e,v,n,t,s)
{if(f.fbq)return;n=f.fbq=function(){n.callMethod?
n.callMethod.apply(n,arguments):n.queue.push(arguments)};
if(!f._fbq)f._fbq=n;n.push=n;n.loaded=!0;n.version=’2.0′;
n.queue=[];t=b.createElement(e);t.async=!0;
t.src=v;s=b.getElementsByTagName(e)[0];
s.parentNode.insertBefore(t,s)}(window,document,’script’,
‘https://connect.facebook.net/en_US/fbevents.js’);
fbq(‘init’, ‘1195449414139772’);
fbq(‘track’, ‘PageView’);

(function(d, s, id) {
var js, fjs = d.getElementsByTagName(s)[0];
if (d.getElementById(id)) return;
js = d.createElement(s); js.id = id;
js.src = ‘https://connect.facebook.net/ne_NP/sdk.js#xfbml=1&version=v2.11&appId=557438237925255’;
fjs.parentNode.insertBefore(js, fjs);
}(document, ‘script’, ‘facebook-jssdk’));

फेसबुकबाट प्रतिक्रिया

धेरै पढिएको

सम्बन्धित खवर

भर्खरै