सुदूरपश्चिममा कोरोनाका सक्रिय संक्रमित १५ सय

धनगढी–  सुदूरपश्चिम प्रदेशमा पछिल्लो समय कोरोना संक्रमण दर घट्दै गएको छ। दैनिक एक सयको हाराहारीमा संक्रमित थपिने सुदूरपश्चिममा पछिल्लो एक साता यता दैनिक आठ दस जनामा मात्र संक्रमण पुष्टि हुने गरेको छ।

मंगलबारसम्म सुदूरपश्चिम प्रदेशमा सक्रिय कोरोना संक्रमित संख्या १५ सय १४ रहेको छ। लामो समयदेखि दुई हजारभन्दा बढी सक्रिय संक्रमित रहेको सुदूरपश्चिम प्रदेशमा त्यो संख्या पछिल्ला दिनहरुमा घटदै गएको तथ्यांकले देखाउँछ।

यद्यपि पछिल्लो समय पीसीआर परीक्षण दर घटिरहेको हुँदा पनि संक्रमितको संख्या कम देखिएको हुनसक्ने बताइएको छ।

मंगलबार प्रदेशका तीन वटा प्रयोगशालामा गरिएको परिक्षणमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सामाजिक विकास मन्त्रालयका अनुसार सेती प्रादेशीक अस्पतालमा ४ जना, डडेल्धुरा अस्पतालको प्रयोगशालामा १ जना र बझाङ अस्पतालको प्रयोगशालामा ३ जनामा संक्रमण पुष्टि भएको छ।

मन्त्रालयका अनुसार सोमबारसम्म सुदूरपश्चिम प्रदेशमा १ लाख ३४ हजार ६ सय ६८ जनाको स्वाब परिक्षण गरिएकोमा १३ हजार ९ सय ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

पछिल्लो समय नयाँ संक्रमण दर घटेको र यसअघिको संक्रमित निको भएकाले संक्रिय संक्रमितको संख्या घट्दै गएको हो। अब अछाममा ७०, बैतडीमा ८०, बझाङमा २२३, बाजुरामा ५९, डडेल्धुरामा ११८, दार्चुलामा ६३, डोटीमा १७१ सक्रिय संक्रमित रहेका मन्त्रालयले जानकारी दिएको छ।

यसैगरी, कैलालीमा ५६१, कञ्चनपुरमा १२८ जना सक्रिय सङ्क्रमित रहेका छन्।

सुदूरपश्चिममा कोरोना परीक्षण भइ यतै रहेका अन्य जिल्लाका सक्रिय सङ्क्रमितको सङ्ख्या ४८ रहेको मन्त्रालयले जानकारी दिएको छ।

कोरोना पुष्टि भएकामध्ये १२ हजार ३ सय २९ जना निको भइसकेको मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले जानकारी दिए।

सुदूरपश्चिम प्रदेशभरि कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ५५ पुगेको मन्त्रालयले जनाएको छ।

कैलालीका २९, कञ्चनपुरका १०, बैतडी, बझाङ र डडेल्धुराका तीन/तीन जनाले कोरोना संक्रमणपछि ज्यान गुमाएका छन्। यसैगरी अछाम, बाजुरा र दार्चुलाका दुई/दुई र डोटीका एक जनाको कोरोना संक्रमणका कारण ज्यान गएको छ।

!function(f,b,e,v,n,t,s)
{if(f.fbq)return;n=f.fbq=function(){n.callMethod?
n.callMethod.apply(n,arguments):n.queue.push(arguments)};
if(!f._fbq)f._fbq=n;n.push=n;n.loaded=!0;n.version=’2.0′;
n.queue=[];t=b.createElement(e);t.async=!0;
t.src=v;s=b.getElementsByTagName(e)[0];
s.parentNode.insertBefore(t,s)}(window,document,’script’,
‘https://connect.facebook.net/en_US/fbevents.js’);
fbq(‘init’, ‘1195449414139772’);
fbq(‘track’, ‘PageView’);

(function(d, s, id) {
var js, fjs = d.getElementsByTagName(s)[0];
if (d.getElementById(id)) return;
js = d.createElement(s); js.id = id;
js.src = ‘https://connect.facebook.net/ne_NP/sdk.js#xfbml=1&version=v2.11&appId=557438237925255’;
fjs.parentNode.insertBefore(js, fjs);
}(document, ‘script’, ‘facebook-jssdk’));

फेसबुकबाट प्रतिक्रिया

धेरै पढिएको

सम्बन्धित खवर

भर्खरै