कोरोना अपडेट: संक्रमित २ लाख ६८ हजार ३१०, निधन १ हजार ९७५, डिस्चार्ज २ लाख ६२ हजार ६४२

काठमाडौँ- नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ६८ हजार ३१० पुगेको छ भने कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ९ सय ७५ पुगेको छ। पछिल्लो २४ घण्टामा थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

यस्तै हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ६२ हजार ६४२ पुगेको छ। बुधबार ३८३ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्।

स्वस्थ्‍य मन्त्रालयका अनुसार इलाममा १ जना, झापामा २ जना, सोलुखुम्बुमा १ जना, पर्सामा ३ जना, महोत्तरीमा २ जना, रौतहटमा १ जना र सप्तरीमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

यस्तै काठमाडौँमा ११६ जना, काभ्रेमा २ जना, चितवनमा १५ जना, दोलखामा २ जना, धादिङमा २ जना, नुवाकोटमा ३ जना, भक्तपुरमा ३ जना, मकवानपुरमा १ जना, ललितपुरमा २६ जना र सिन्धुलीमा २ जना कोरोना संक्रमित थपिएका छन्।

यस्तै कास्कीमा २४ जना, गोरखामा १ जना, तनहुँमा ११ जना, नवलपरासी पूर्वमा १ जना, पर्वतमा ३ जना, लमजुङमा २ जना र बागलुङमा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने अर्घाखााचीमा ३ जना, कपिलवस्तुमा ३ जना, गुल्मीमा २ जना, दाङमा ३ जना, नवलपरासी ५ जना, पाल्पामा ७ जना, प्युठानमा १ जना, बर्दियामा ५ जना, बाँकेमा २३ जना, रुपन्देहीमा १४ जना र जुम्लामा १ जना कोरोना संक्रमित थपिएका छन्।

यस्तै कञ्‍चनपुरमा ३ जना, कैलालीमा १८ जना, बाजुरामा १ जना र बैतडीमा पनि १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

हाल देशभर ३ हजार ६ सय ९३ सक्रिय संक्रमित रहेका छन्। गत चौबीस घन्टामा ५ हजार १२ पीसीआर परीक्षण भएको छ।

!function(f,b,e,v,n,t,s)
{if(f.fbq)return;n=f.fbq=function(){n.callMethod?
n.callMethod.apply(n,arguments):n.queue.push(arguments)};
if(!f._fbq)f._fbq=n;n.push=n;n.loaded=!0;n.version=’2.0′;
n.queue=[];t=b.createElement(e);t.async=!0;
t.src=v;s=b.getElementsByTagName(e)[0];
s.parentNode.insertBefore(t,s)}(window,document,’script’,
‘https://connect.facebook.net/en_US/fbevents.js’);
fbq(‘init’, ‘1195449414139772’);
fbq(‘track’, ‘PageView’);

(function(d, s, id) {
var js, fjs = d.getElementsByTagName(s)[0];
if (d.getElementById(id)) return;
js = d.createElement(s); js.id = id;
js.src = ‘https://connect.facebook.net/ne_NP/sdk.js#xfbml=1&version=v2.11&appId=557438237925255’;
fjs.parentNode.insertBefore(js, fjs);
}(document, ‘script’, ‘facebook-jssdk’));

फेसबुकबाट प्रतिक्रिया

धेरै पढिएको

सम्बन्धित खवर

भर्खरै