एक हप्ताभित्रै सुरु हु्न्छ नेपालमा खोप अभियान, के छ ‘कोभिसिल्ड’का साइड इफेक्ट?

भारतले नेपाललाई अनुदान दिएको कोरोना भाइरसविरुद्धको पहिलो चरणको खोप बिहीबार काठमाडौँ स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले बताएका छन्।

खोप नेपाल आएको एक हप्ता भित्रै लगाउन सुरु गरिने स्वास्थ्य मन्त्रालयले जनाएको छ। यसका लागि सरकारले करिब १० हजार स्वास्थ्यकर्मीलाई खोप लगाउने सम्बन्धी तालिम दिन सुरु गरिसकेको छ। मन्त्रालयका अनुसार उक्त तालिम स्थानीय, प्रदेश र केन्द्रीय सरकार मातहत रहेका स्वास्थ्यकर्मीलाई दिइने छ।

सरकारले पहिलो चरणमा फ्रन्टलाइनमा खटिएका ३ प्रतिशत स्वास्थ्यकर्मी, सरसफाइकर्मी, सुरक्षाकर्मी, शव व्यवस्थापनमा खटिएकालाई खोप दिने योजना बनाएको स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले बताए।

यस्तै दोस्रो चरणमा ७५ वर्ष माथिका वृद्धवृद्धा र दीर्घ रोगीलाई खोप दिइने छ।

अहिले जिल्ला–जिल्लाका स्वास्थ्यकर्मीको विवरण राख्न शुरु गर्नुका साथै विभिन्न वडामा रहेका महिला स्वयंसेविकालाई तालिम दिइने छ।

केही दिनअगाडि स्वास्थ्यमन्त्री त्रिपाठीले कोरोना विरुद्धको खोप अभियानमा महिला स्वास्थ्य स्वंयसेविकालाई खटाइने बताएका थिए।

नेपालमा सेरम इनिस्च्युट अफ इण्डियाले उत्पादन गरेको ‘कोभिसिल्ड’ खोप ल्याउन लागिएको हो। ‘कोभिसिल्ड’ अक्सफोर्ड युनिभर्सिटीले एस्ट्राजेनेकासँग मिलेर विकास गरेको खोपको भारतीय संस्करण हो।

उक्त खोप गएको शनिबारदेखि भारतमा लगाउन सुरु गरिएको छ। खोप लगाइसकेका मध्ये धेरैमा अहिले ‘साइड इफेक्ट’ देखिएको छ। तर हालसम्म खोपका कसैको पनि मृत्यु भने भएको छैन।
यस्तै फाइजर खोप लगाएका विभिन्न देशका २८ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यममा उल्लेख गरिएको छ। यो खोप जर्मन कम्पनी बायोएनटेक र अमेरिकी कम्पनी फाइजर उत्पादन गरेको हो।

भारतको नयाँ दिल्लीमा कोरोना भाइरसविरुद्धको खोप लगाएका ४ हजार ३ सय १९ जना मध्ये ५२ जनामा ‘साइड इफेक्ट’ देखिएको थियो।

खोप लगाउँदा भारतमा जस्तै नेपालमा पनि धेरैमा यसको ‘साइड इफेक्ट’ देखिन सक्ने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्व निर्देशक डा. बाबुराम मरासिनीले बताए।

उनले भने, ‘खोप नेपालको नभएको भारतमा उत्पादन भएका कारण खोप नेपालीमा प्रयोग गर्दा भारतको ‘रिफ्रेन्स’ हेर्ने हो। त्यहाँको ‘रिफ्रेन्स’ हेर्ने हो भने धेरैलाई यसको ‘साइड इफेक्ट’ देखिएको छ। त्यो नेपालीहरुमा पनि देखिन सक्छ। भारतमा जे भएको छ, नेपालमा पनि झण्डै उस्तै–उस्तै नै हुन्छ। कसैलाई एलर्जी हुन सक्छ। कसैलाई इफेक्ट हुन सक्छ।’

यद्यपि कोरोना भाइरसबिरुद्ध खोपका यी साइड इफेक्ट सामान्य रहेको र केही दिनमै हराउने विज्ञहरुले बताएका छन्।

यसका ‘साइड इफेक्ट’
खोप प्रयोग गरिसकेका व्यक्तिहरुमा थकान महसुस हुने, दुखाई महसुस हुने, रातो हुने, चिलाउने, सुनिने, टाउको दुख्ने, जोर्नी वा मांशपेसी दुख्ने, वाकवाकी लाग्ने जस्ता सामान्य लक्षण देखिन सक्छ।

यस्तै खोप लगाएको ठाउँमा गाँठो पर्ने, ज्वरो, वान्ता, फ्लू जस्तै लक्षणहरु उच्च तापक्रम, घाँटी दुखाई, सिगाँन बग्नु, खोकी लाग्नु, काप्नु वा जाडो महसुस हुनु लक्षण हुन्।

तर खोप लगाई सकेपनि चक्कर लाग्ने, भोक कम लाग्ने, पेट दुख्ने, अत्याधिक पसिना आउने, छाला चिलाउने वा दाग देखिने जस्ता असामान्य लक्षण समेत देखिन सक्ने विज्ञहरुले बताएका छन्।

कसले लगाउन मिल्दैन
कोरोना भाइरसविरुद्ध बनेका खोप सबै व्यक्तिका लागि उपयुक्त नहुन सक्छन्। कतिपय व्यक्तिले खोप लगाकम उन मिल्दैन।

कस्ता व्यक्तिले प्रयोग गर्न मिल्दैन नेपालमा आउन थालेको कोरोना भाइरसविरुद्धको खोप?

– कुनै औषधीको प्रयोग गर्दा केही खाने कुरा खाँदा वा खोप लगाउँदा गम्भीर एलर्जी भएको छ।
– ज्वारो आइरहेको छ।
– रक्तस्रावको समस्या वा रगत पातलो भएमा।
– कुनै औषधीको प्रयोग गरिरहेका जसले गर्दा प्रतिरक्षा प्रणलीलाई असर गर्ने भएमा।
– गर्भवती वा गर्भवती हुने योजना भएमा।
– स्तनपान गराइरहेका

यो खोप पहिलो चरणमा ०.५ मिलिलिटर र दोस्रो चरणमा पनि ०.५ मिलिलिटर गरेर दुई डोज लगाउनु पर्ने छ। पहिलो डोज लगाएको करिव चारदेखि ६ हप्तापछि दोस्रो डोज लगाउने बताइएको छ।

तर पहिलो डोज लगाएका व्यक्तिमा गम्भीर एलर्जी देखिएको खण्डमा भने दोस्रो डोज लगाउन पाउने छैनन्।

!function(f,b,e,v,n,t,s)
{if(f.fbq)return;n=f.fbq=function(){n.callMethod?
n.callMethod.apply(n,arguments):n.queue.push(arguments)};
if(!f._fbq)f._fbq=n;n.push=n;n.loaded=!0;n.version=’2.0′;
n.queue=[];t=b.createElement(e);t.async=!0;
t.src=v;s=b.getElementsByTagName(e)[0];
s.parentNode.insertBefore(t,s)}(window,document,’script’,
‘https://connect.facebook.net/en_US/fbevents.js’);
fbq(‘init’, ‘1195449414139772’);
fbq(‘track’, ‘PageView’);

(function(d, s, id) {
var js, fjs = d.getElementsByTagName(s)[0];
if (d.getElementById(id)) return;
js = d.createElement(s); js.id = id;
js.src = ‘https://connect.facebook.net/ne_NP/sdk.js#xfbml=1&version=v2.11&appId=557438237925255’;
fjs.parentNode.insertBefore(js, fjs);
}(document, ‘script’, ‘facebook-jssdk’));

फेसबुकबाट प्रतिक्रिया

धेरै पढिएको

सम्बन्धित खवर

भर्खरै