वैज्ञानिकले बनाए सपना नै ‘ह्याक’ गर्ने डिभाइस

सपनालाई ह्याक गर्न सकिन्छ भन्ने खबर सुन्दा बिश्वास गर्न गार्हो हुन्छ । तर वैज्ञानिकहरुले सपनालाई ह्याक गर्ने डिभाइस बनाएका छन् ।

उक्त डिभाइसबाट अब कसैका पनि सपना ह्याक गर्न सकिने भएको छ । साथै डिभाइसको माध्यमबाटै सपनालाई कन्ट्रोल गर्न पनि सकिने बताइएको छ ।

एमआईटी वैज्ञानिकहरु यस टेक्नोलोजिमा काम गरिरहेका छन् । उक्त डिभाइरसबाट सपना ह्याक गर्नका साथै सपनालाई बदल्न पनि सकिने छ । केहि वैज्ञानिकहरुले भने निदाएको बेला देखिने सपनाले जीवनमा केहि असर नपर्ने बताएका छन् ।

निर्माण भएको डिभाइसबाट सपनाको आवाज समेत रेकर्ड हुन वैज्ञानिकहरुको दाबी, निन्द्राबाट ब्युँझनु भन्दा पहिलाको बेला सेन्सर्सको माध्यमबाट सपना बदल्न सकिने

सन् २०१७ मा लञ्च भएको एमआईटीको ड्रिम ल्याबको ओपिनियन भने फरक रहेको छ । वैज्ञानिकहरुले निदाएको बेला देखिने सपनाले वास्तविक जीवनमा पनि असर पर्ने बताएका थिए । ड्रिम ल्याब रिसर्चर एडम होरोविट्ज, मानिसहरु आफ्नो जीवनको एक तिहाई समयमा आफूले आफूलाई र आफ्नो जिन्दगीलाई सपनाबाटै एक किसिमले एकदमै मजबुत बनाईसक्ने बताउँछन् ।

अहिले निर्माण भएको डिभाइसबाट सपनाको आवाज समेत रेकर्ड हुन वैज्ञानिकहरुको दाबी छ । रिसर्चका अनुसार निन्द्राबाट ब्युँझनु भन्दा पहिलाको बेला सेन्सर्सको माध्यमबाट सपना बदल्न सकिन्छ । इनपुट्सको प्रयोग पछि निन्द्राबाट उठ्नु भन्दा अगाडि त्यसको प्रतिक्रिया पाइन्छ । टेस्ट गर्दा यसबारे पोजेटिभ रिजल्ट आएको वैज्ञानिकहरुले बताएका छन् । एजेन्सी

रमाइलो भिडियो हेर्न क्लिक गराैँ….

फेसबुकबाट प्रतिक्रिया

धेरै पढिएको

सम्बन्धित खवर

भर्खरै