प्रधानमन्त्री ओलीलाई हस्तान्तरण गरियो भारतले दिएको खोप

काठमाडौँ– भारत सरकारले नेपाललाई अनुदान दिएको कोरोना भाइरसविरुद्धको खोप प्रधानमन्त्री केपी शर्मा ओलीलाई हस्तान्तरण गरिएको छ।

बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले प्रधानमन्त्री ओलीलाई खोप हस्तान्तरण गरेका हुन्।

भारतले यसअघि नै नेपाललाई कोरोना खोप उपलब्ध गराउने घोषणा गरेसँगै बिहीबार १० हजार डोज खोप नेपाल आइपुगेको हो।

खोप हस्तान्तरण कार्यक्रममा प्रधानमन्त्रीले नेपाललाई १० लाख डोज कोरोना खोप उपलब्ध गरेकोमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र भारतीय जनतालाई धन्यवाद दिएका छन्।

प्रधानमन्त्रीले यो संकटको अवस्थामा भारतले गरेको सहयोग सरहानीय रहेको बताए।

त्यस्तै नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले नेपाल–भारत कोराना सहकार्य जारी रहने बताए। पहिलो चरणमा खोप फ्रन्टलाइनमा खटिएका चार वटा ग्रुपलाई दिइने सरकारको तयारी छ।

!function(f,b,e,v,n,t,s)
{if(f.fbq)return;n=f.fbq=function(){n.callMethod?
n.callMethod.apply(n,arguments):n.queue.push(arguments)};
if(!f._fbq)f._fbq=n;n.push=n;n.loaded=!0;n.version=’2.0′;
n.queue=[];t=b.createElement(e);t.async=!0;
t.src=v;s=b.getElementsByTagName(e)[0];
s.parentNode.insertBefore(t,s)}(window,document,’script’,
‘https://connect.facebook.net/en_US/fbevents.js’);
fbq(‘init’, ‘1195449414139772’);
fbq(‘track’, ‘PageView’);

(function(d, s, id) {
var js, fjs = d.getElementsByTagName(s)[0];
if (d.getElementById(id)) return;
js = d.createElement(s); js.id = id;
js.src = ‘https://connect.facebook.net/ne_NP/sdk.js#xfbml=1&version=v2.11&appId=557438237925255’;
fjs.parentNode.insertBefore(js, fjs);
}(document, ‘script’, ‘facebook-jssdk’));

फेसबुकबाट प्रतिक्रिया

धेरै पढिएको

सम्बन्धित खवर

भर्खरै