अध्यक्ष प्रचण्डलाई भेट्न खुमलटार पुगे नेता गौतम

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता वामदेव गौतमले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्नु भएको छ । प्रचण्ड–नेपाल पक्षका अध्यक्ष दाहाललाई भेट्न गौतम खुमलटार पुग्नु भएको हो । गौतम बिहान साढे नौ बजेतिर खुमलटार जानु भएको हो ।

प्रचण्डसँग झण्डै एक घण्टा छलफल गरेर गौतम फिर्ता हुनु भएको थियो ।नेकपा विभाजन पछि गौतम कुनै समूहमा पनि गएका छैनन् । नेकपा विभाजन रोक्न प्रयास गर्ने गौतमले बताउँदै आउँनु भएको छ ।

यसअघि प्रचण्ड र माधवकुमार नेपालको गठबन्धनमा रहँदै आउँनु भएका गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेकोमा बिमति जनाउनु भएको छ । तर, गौतम प्रचण्ड र माधव समूहमा जानु पनि भएको छैन ।

https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v8.0&appId=650414169208129&autoLogAppEvents=1

फेसबुकबाट प्रतिक्रिया

धेरै पढिएको

सम्बन्धित खवर

भर्खरै