स्याउला लिन जङ्गल गएकी महिलाको लडेर मृत्यु

काठमाडौं । कालिकोटको नरहरिनाथ गाउँपालिका–३ गोठीमा स्याउला लिन जङ्गल गएकी एक महिलाको भीरबाट लडेर आज मृत्यु भएको छ । वडा नं ३ गोठीका जन बुढाकी ३६ वर्षीया गोरीकला बुढाको स्याउला लिन जङ्गल गएका बेला भीरबाट मृत्यु भएको हो ।

भीरबाट लडेर खोलाको पानीमा डुबेर मृत्यु भएको उहाँका जेठाजु वीरेन्द्रबहादुर बुढाले जानकारी दिनुभयो । बिहान स्याउला लिन जङ्गल गएकी भाइबुहारी फिर्ता नभएपछि भीरबाट लडेर खोलाको पानीमा डुबेको अवस्थामा भेटाएको उहाँले बताउनुयो । इलाका प्रहरी कार्यालय कुमालगाउँका अनुसार भीरबाट लडेर उहाँको घटनास्थलमा नै मृत्यु भएको पुष्टि भएको छ ।

https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v8.0&appId=650414169208129&autoLogAppEvents=1

फेसबुकबाट प्रतिक्रिया

धेरै पढिएको

सम्बन्धित खवर

भर्खरै