प्रचण्ड–माधबको आन्दोलन कसले खरानी बनायो, राजनीतिक पण्डितले देउवालाई प्रधानमन्त्री जुराए

काठमाडौ । नेपालको राजनीतिमा बडो सकसपूर्ण अवस्था आइरहेको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा स्पष्ट बहुमतको सरकार हुँदा–हुँदै प्रतिनिधि सभा विघटन भएपछि राजनीतिक अस्थिरताको भय बढेको छ । यो बीचमा भएका केही अनौठा गतिविधिले देश अस्थिर राजनीतिको खेलमा गइसकेको प्रष्ट छ ।

आफ्नै बहुमतको सरकारलाई ढाल्न पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र बरिष्ठ नेता माधबकुमार नेपाल समूहले संसदमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारीको आधिकारी सूचना पाएकै दिन बिहानै प्रधानमन्त्री ओलीले हठात् प्रतिनिधि सभा विघटन गरिदिए । यता सरकारी कामकाजको समय सुरु नहुँदै बिहानै मन्त्रीपरिषद्को बैठक बोलाए र राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष प्रतिनिधि सभा विघटनको सिफारिस गरे ।

उनका विपक्षी पार्टीका आफ्नै नेताले संसद सचिवालयमा गएर अविश्वासको प्रस्ताव दर्ता गर्न नपाउँदै राष्ट्रपतिबाट प्रतिनिधि सभा विघटन भयो । एउटै पार्टी र एउटै समूहका राष्ट्रपति भएकाले ओलीलाई यो कार्य केही घण्टामा नै पूरा गर्न सहज भयो । अहिले प्रतिनिधि सभा विघटन असंवैधानिक भन्दै सार्वोच्च अदालतमा रिट दायर भएको छ । यो अदालतमा विचाराधिन प्रश्न बनेको छ ।

यसमा टिप्पणी वा आँकलन नगरि अदालतको सम्मान गर्नु ठिक हुनेछ । अर्कोथरी प्रचण्ड–नेपाल समूहले प्रधानमन्त्री ओलीको कदम असंवैधानिक भन्दै त्यसको विरोधमा सडक संघर्षको विगुल फुकेका थिए । प्रधानमन्त्री ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि सत्तारूढ नेकपा विभाजित छ । एउटा कित्ता त्यस कदमविरुद्ध सडक आन्दोलनमा छ । दुवैले आफूलाई संस्थापन दाबी गर्दै एकअर्को पक्षका नेताहरूको जिम्मेवारी खोसेका छन् । कुन नेकपा आधिकारिक हो भन्ने लडाइँ पनि निर्वाचन आयोगमा अल्झिएर बसेको छ । यो विषयपनि लब्बिने निश्चित छ ।

तर ओली बिरुद्धको आन्दोलन चै किन अलमलमा पर्यो विषय निक्कै रोचक छ । दाहाल–नेपाल पक्ष पुस १४ गते सडकमा शक्ति देखाएपछि गुमनामजस्तै देखिन्छ । जबकि उसले १५ गते नै पत्रकार सम्मेलनमार्फत आन्दोलनको कार्यक्रम घोषणा गर्ने जनाएको थियो । के शक्तिले उनीहरुलाई धकेल्यो । नेपाली जनता ओली बिरुद्धको आन्दोलन रोक्ने शक्ति के हो भनेर अचम्ममा परिरहेका छन् । यसको खास कारण छ ।

प्रचण्ड–नेपाल समूहका शीर्ष नेताले ओलीको कदमविरुद्ध रहेका दलहरूको संयुक्त मोर्चा बनाउन प्रस्ताव गरेपछि कांग्रेस र जनता समाजवादी पार्टीका नेताहरूसँग छलफल अघि बढेको थियो । कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले ग्रिन सिग्नल दिएका थिए । जसपाका नेताहरुपनि एकसाथ अघि बढ्न एकमत थिए । स्रोतका अुनसार उनीहरु अहिलेपनि एकमत छन् । तर नेपाली कांग्रेस एकाएक यूर्टन भयो । देउवाले पौडेललाई समेत साइजमा ल्याइदिए ।

ओलीसँग गोप्य सहमति भएको र अहिले सर्वोच्चको निर्णय नै अन्तिम बिकल्पको बाटो रहेकाले अहिले नै ओली बिरुद्ध उत्रिन नहुँने देउवाको स्पष्ट धारणा रह्यो । उनले संसद पुर्नस्थापित भएपनि कांग्रेस सरकारमा जाने बाटो खुल्ला भएको र निर्वाचनको बाटोपनि कांग्रेसका लागि फाइदा भएका कारण अहिले नै आन्दोलनमा जानु औचित्य नरहेको देउवाको विश्लेषण रह्यो । नभन्दै देउवाको भनाई र ओलीको भनाईसँग कुरा मिल्न भयो ।

अखिल नेपाल महिला संघका केही पदाधिकारीले पुस १४ गते प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रश्न गरे, ‘अब नेपालको राजनीति के हुन्छ ?’ ओलीले भने, ‘संसद् पुनःस्थापना हुँदैन, सर्वोच्चले हाम्रो पक्षमा निर्णय गर्छ, ढुक्क भएर चुनावको तयारी गर्नुस् ।’ उनीहरूले प्रधानमन्त्रीलाई फेरि सोधे, संसद् पुनःस्थापना भयो भने के हुन्छ ?’

ओलीको जवाफ थियो, ‘त्यसो भयो भने शेरबहादुर देउवाजी प्रधानमन्त्री बन्नुहुन्छ, हामी मिलेर सरकार बनाउँछौं ।’ अनेमसंघका ती पदाधिकारीले सडकमा आन्दोलन भइरहेको प्रसंग निकाल्दा उनले भनेका थिए, ‘सडक आन्दोलनको चिन्ता तपाईंहरू नगर्नुस्, त्यसको भ्याक्सिन मसँग छ ।’ मैले प्रयोग गरिसकेको छु । ओलीको यो भनाईलेपनि संसद विघटनपूर्व ओली र देउवाबीच सहमति भएको छ । देउवाको साथ, सर्वोच्चको आशले नै ओलीले यो कदम उठाएको यहाँ आएर स्पष्ट हुन्छ ।

यता अब देखाउँछौ भन्दै आन्दोलनमा होमिएका प्रचण्ड–नेपाल समूह भने अल्मलमा परेका छन् । सडकमा जाऊँ नेकपाकोपनि एउटा मात्र झुण्ड कहिलेसम्म कसरी जानु । जबकी प्रमुख प्रतिपक्षी नै सडकमा नहुँदा यो रमिता हो भन्ने जनतामा लाग्नु स्वभाविक हो । यस्तो अवस्थामा आफुहरुको शाख नै सकिने भएकाले अहिले गुपचुप बसौँ भन्नेमा उनीहरु पुगेका छन् । यद्यपी उनीहरुले आज शनिबार केही आन्दोलनका कार्यक्रम घोषणा गर्ने बुझिन्छ । तर यसमा नेताहरुबीच एक्यबद्धता देखिन्न । मतभेदको स्थिती बनेको छ ।

ज्योतिषले हैन राजनीतिक पुरेतले लगाए देउवालाई पाँचौ पटक प्रधानमन्त्रीको भाग

राजनीतिपनि बडो अनौठो रहेछ । शेरबहादुर देउवा नाम गरेका पात्र बास्तवमा नै बडो अनौठो ग्रह लिएर जन्मिएका रहेछन् । केही बर्ष अघि ज्योतिषहरुले पाँचौ पटक प्रधानमन्त्री बन्ने योग छ उनको ग्रहले नै फेरी प्रधानमन्त्री बनाउँछ भन्दै भविष्यवाणी गरेका थिए । यो भविष्यवाणी सावित हुने देखिन्छ । राजनीतिक पुरेतले उनलाई पाँचौ पटक प्रधानमन्त्रीको भाग लगाइसकेका छन् ।

संसद विघटन पूर्व ओली र देउवाबीच आलोपालो सरकार चलाउने सहमति भएको देखिन्छ । यसैले उनले संसद विघटनपछि समेत सरकारबाट राजिनामा दिएका छैनन् । संसद विघटनपछि प्रधानमन्त्रीले राजिनामा दिने र राष्ट्रपतिले नयाँ प्रधानमन्त्री चयन गर्ने संवैधानिक परम्परा हो । यद्यपी यस्तो हुँदापनि ओलीलाई नै राष्ट्रपतिले चयन गर्ने देखिन्छ । तर उनले राजिनामा दिएका छैनन् र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलेपनि यसमा केही बोलेको छैन ।

ओली भनेकै शब्द सापटी लिने हो भनेपनि यदी सर्वोच्चले संसद पुर्नस्थापनाको फैसला गरेपनि त्यसपछि संसदीय अंकगणितको खेल हुन्छ । जोड घटाउमा ओली पक्ष र नेपाली कांग्रेस मिल्ने सहमति भएको बुझिन्छ । त्यस्तो हुँदा देउवा पाँचौ पटक प्रधानमन्त्री बन्ने निश्चित छ । यति मात्र हैन । सर्वोच्चले चुनाव गराउँन स्पष्ट आधार दियो ।

संसद विघटनलाई संवैधानिक ठहर गर्यो भनेपनि देउवाको पालो आउँने सहमति भएको देखिन्छ । त्यसो भएमा चुनाव तत्काल नगराउँने केही सहज परिस्थित आएपछि मात्र चुनाव गर्ने त्यो बेलासम्म देउवालाई साथमा लिएर सरकार चलाउँने । देउवा र ओलीले आलोपालो गर्ने सहमति देखिन्छ । देउवाका दुबै हातमा लड्डु परेपछि अहिले देउवा बोलेका छैनन् । यसअघि देउवा २०५२, २०५८, २०६१ र २०७४ मा चार पटक प्रधानमन्त्री बनिसकेका छन् । अब प्रधानमन्त्री बन्दा उनको पाँचौ पटक हुनजान्छ ।

https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v8.0&appId=650414169208129&autoLogAppEvents=1

फेसबुकबाट प्रतिक्रिया

धेरै पढिएको

सम्बन्धित खवर

भर्खरै