प्रचण्ड–नेपाल पक्षको भेलामा पुगेर कित्ता क्लियर गरेका सांसद ओलीतर्फ लागे

काठमाडौं । सत्तारुढ नेकपाभित्र अहिले दुई समुह सक्रिय रुपमा लागिपरेको छ । प्रधानमन्त्री केपी शर्मा ओली पक्ष र प्रचण्ड–नेपाल पक्ष आ–आफ्नो पक्षका नेता कार्यकर्ता तान्ने क्रममा रहेका छन् । अहिले कार्यकर्ता देखि नेतासम्म उल्झनमा परेको अवस्था देखिएको छ । संसद् विघटनपछि कुन पक्षमा जाने भन्ने कुरा धेरैले पक्का गरेको भए पनि केही अहिले पनि अल्झेर बसेका छन् ।

यो बीचमा लुम्बिनी प्रदेश सभामा रुपन्देही क्षेत्र नम्बर १ (ख) बाट निर्वाचित सांसद् दधिराम न्यौपाने नेकपाको प्रचण्ड–नेपाल गुटमा रहेको चर्चा भएको थियो । तर पछिल्लो जानकारी अनुसार उनी केपी ओली पक्षमा लागेका छन् । उनको यो कदमपछि प्रदेशमा नयाँ तरङ्ग उत्पन्न भएको छ । पूर्वमाओवादी धारका प्रत्यक्ष निर्वाचित सांसद् ओली पक्षमा खुलेर लागेपछि प्रचण्ड–माधव नेपाल पक्ष थप नाबमा देखिएको छ ।

नेकपा विभाजित बनेसँगै सांसदहरु तानातानमा परेको अवस्थामा प्रदेशको अर्थ, उद्योग तथा पर्यटन समितिका सभापति समेत रहेका न्यौपानेले आफू अहिले सरकार पक्षतिर लागेको जानकारी दिएका हुन् । उनले अहिले आफुले सरकारलाई समर्थन गरेको बताउँदै अरु जिल्लास्तरमा नेताहरु  पनि सरकारको समर्थनमा गएको जानकारी दिएका छन् ।

न्यौपाने शुरुमा प्रचण्ड–नेपाल पक्षको भेलामा पुगेर सो कित्तामा रहेको सन्देश दिएका थिए । उनले रुपन्देहीको तिलोत्तमामा पूर्वमन्त्री घनश्याम भुषाल प्रमुम अतिथि बनेको भेलामा पुगेर सम्वोधन नै गरेका थिए । प्रचण्ड–नेपाल पक्षले लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री शंकर पोखरेलको चलखेलमा नेताहरु ओली पक्षतिर लागेका बताएका छन् ।

https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v8.0&appId=650414169208129&autoLogAppEvents=1

फेसबुकबाट प्रतिक्रिया

धेरै पढिएको

सम्बन्धित खवर

भर्खरै