कस्तो होला यो साता तपाईको भाग्य ? हेर्नुहोस् साप्ताहिक राशिफल

कस्तो होला यो साता तपाईको भाग्य ? हेर्नुहोस् राशिफल

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
यो सातामा रमणीय र सुखद् यात्राको योग छ । घरमा अतिथीको आगमन हुनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेलाछ । मित्रबाट विशेष सहयोग मिल्नेछ । प्रेम जीवन सबल र सफल हुनेछ । हराएको आत्म–विश्वास बढ्नेछ । वित्तिय संस्थाबाट सहयोग पाईनेछ ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
यो सातामा आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । रोकिएको अधुरो कार्यले पूर्णता पाउनेछ । मनोरञ्जनमा सहभागी भइएला । जग्गा जमिनको कारोबारबाट फाइदा लिन सकिनेछ । सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ । प्रेम सम्बन्ध कसिलो हुनेछ ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
सामाजिक तथा धार्मिक कार्यमा रुची बढ्नेछ । नोकरी गर्नेले मानसम्मान पाउने छन् । घरमा अतिथीको आगमन हुनेछ । वैदेशिक क्षेत्रको कार्य अघी बढ्नेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । मनोरञ्जनमा सहभागीता भइएला । वैदेशिक क्षेत्रबाट पनि सफलता मिल्नेछ ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
यो सातामा शुभकार्यको चर्चा चल्नेछ । धार्मिक, सामाजिक र अरुको हित हुने काममा समय व्यतीत हुनसक्छ । रोकिएका सरकारी काम सुल्झाउने राम्रो समय छ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । समय उत्साहवर्द्धक नै रहला । साताको मध्यमा सरकारी निकाएको भय रहला ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
यो साता अनावश्यक ठाउँमा धन खर्च हुनेछ । स्वास्थ्यमा स्मस्या आउँदा धन खर्च हुनेछ । यात्रामा मालसामान हराउन सक्छ । मनमा दुविधा उत्पन्न हुनेछ । मंगलवारबाट सामाजिक कार्यमा रुचि जाग्नुका साथै यात्राको योग पनि देखिन्छ । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
यो सातामा रोकिएको काम दोहोर्याएर प्रयत्न गर्दा सफलता मिल्नेछ । मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय रहेकोछ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । साताको अन्त्यमा कार्य सम्पादनमा समस्या आउने र आलस्य जाग्नेछ ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
यो हप्तामा शुभकार्यको चर्चा चल्नेछ । धर्म कर्म र सेवामूलक कामबाट प्रतिष्ठा मिल्नेछ । लाभदायक यात्राको सम्भावनालाई नकार्न सकिंदैन । व्यवसायको सन्दर्भमा आदर्श ब्यक्तित्त्व सँगको सहकार्यले नयाँ अनुभब मिल्नेछ । समयको सदुपयोग पनि हुनेछ ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
कार्य सम्पादनमा सहजता मिल्नेछ । शत्रु र रोगबाट छुटकारा मिल्ने समय छ । नजिकको मित्रसँग भेटघाट हुनेछ । सांगीतिक क्षेत्रमा रुची बढ्नेछ । प्रेमीको सहयोगपनि प्राप्त हुनेछ । साताको मध्यमा सरकारी निकाएको भय रहला । नियमित खर्च चैं बढ्ने योग छ ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
साताको सुरुका दिनमा ताके अनुरूप काम नबन्नाले दिक्क लाग्न सक्छ । केहि अफ्ठ्यारा परिस्थितिको सामना गर्नुपरेपनि यो सातामा एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । दुष्ट व्यक्तिको संगतले आत्मघाती काम गर्न पुगिएला सचेत रहनु होला । आँटेको र ताकेको कार्य पुरा होला ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
यो सातामा अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । नयाँ र शुभकार्यको चर्चा चल्नेछ । खाद्यान्नका परिकार तथा मेवामिष्ठान्न मिल्नेछ । श्रमको उचित मुल्याङ्कन हुनेछ । साताको उत्तरार्धबाट आर्थिक कारोवारमा मन्दी आउनेछ । सामान हराउने योग पनि छ ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
यो सातामा विशिष्ट व्यत्तिको भेटघाटले मन प्रसन्न हुनेछ । शुभकार्यको चर्चा चल्नेछ । पार्टी तथा सेमिनारमा सहभागी भईएला । सवारी साधनको खरिद बिक्री हुने योग छ । बन्द व्यापारमा पनि फाइदा हुनेछ । साताको अन्त्यमा अनावश्यक ठाउँमा धन खर्च होला ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
यो सातामा स्थानान्तरण र टाढाको यात्रा सम्भावना छ । वैदेशिक कार्य अघि बढ्नेछ । आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । साथी भाईको भेटघाटले मन प्रफुल्ल रहला । मध्य सातामा जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । गरेका काममा ढिलासुस्ती हुनेछ । ज्यो.प. नारायणप्रसाद दुलाल (अधिक जानकारीका लागि 977-9849559502)

 

(function(d, s, id) {
var js, fjs = d.getElementsByTagName(s)[0];
if (d.getElementById(id)) return;
js = d.createElement(s); js.id = id;
js.src = ‘https://connect.facebook.net/en_GB/sdk.js#xfbml=1&version=v3.2&appId=993051320823621&autoLogAppEvents=1’;
fjs.parentNode.insertBefore(js, fjs);
}(document, ‘script’, ‘facebook-jssdk’));

फेसबुकबाट प्रतिक्रिया

धेरै पढिएको

सम्बन्धित खवर

भर्खरै