आन्दोलनका नाममा राष्ट्रपति भण्डारीमाथि अशोभनीय नाराबाजी गर्नेहरु गम्भीर संकटमा

काठमाडौं । संसद् विघटनविरुद्ध भएको आन्दोलनमा राष्ट्रपति विद्यादेवी भण्डारीमाथि अशोभनीय नाराबाजी गर्नेहरु संकटमा परेका छन् । उनीहरुविरुद्ध कारबाहीको माग गर्दै अखिल नेपाल महिला संघ (अनेमसंघ) ले गृहमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ ।

सत्तारुढ नेकपा ओली पक्षको अनेमसंघले आइतबार गृहमन्त्री रामबहादुर थापालाई भेटेर विभिन्न सार्वजनिक कार्यक्रम, भेला, जुलुस तथा सामाजिक सञ्जालबाट राष्ट्रपतिलाई गाली गलौज गर्नेहरुविरुद्ध कानुनी कारबाहीको माग गरिएको जानकारी दिएको छ । सरकारले कारबाही नगरे आफूहरु कानुनी प्रक्रियामा जाने अनेमसंघले चेतावनी पनि दिएको छ ।

संघका अनुसार लोकतन्त्रमा असन्तुष्ट पक्षहरुले सभा जुलुस गर्ने तथा आफ्नो विचार अभिव्यक्त गर्ने स्वतन्त्रता भएपनि प्रधानमन्त्री र राष्ट्रपतिको विरुद्धमा अमानवीय, अमर्यादित, अशोभनीय तथा अराजक अभिव्यक्ति मान्य हुँदैन ।

ज्ञापन पत्र बुझ्दै गृहमन्त्री थापाले राष्ट्रपतिमाथि अशोभनीय र अमर्यादित विषय उठाइएको प्रति सरकारको ध्यानाकर्षण भएको जानकारी दिनुभयो । सरकारले सम्बन्धित निकायलाई छानबिन गरी कारबाही गर्ने निर्देशन पनि दिइसकेको उहाँले जानकारी दिनुभयो ।

https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v8.0&appId=650414169208129&autoLogAppEvents=1

फेसबुकबाट प्रतिक्रिया

धेरै पढिएको

सम्बन्धित खवर

भर्खरै