भारतका लागि आज इतिहासकै ठूलो दिन भएको चर्चा, भारतले नै बनाएका दुई खोप प्रयोगका लागि अनुमति

काठमाडौं । विश्वभर महामारीका रुपमा रहेको कोरोना भाइरस (कोभिड–१९) खोपको निर्माण कार्य जोडतोडका साथ अगाडि बढेको छ । यो बीचमा भारतले दुई खोपलाई आपतकालीन प्रयोगको लागि अनुमति दिएको छ । खोपका बारेमा अखिल भारतीय मेडिकल साइन्सेज (एम्स) नयाँ दिल्लीका निर्देशक डा. रणदीप गुलेरियाले आजको दिन भारतका लागि एकदम विशेष दिन भएको बताएका छन् ।

अंग्रेजी नयाँ वर्ष सुरु गर्ने राम्रो तरिका भएको उनले बताएका छन् । गुलेरियाले भने कि यो खोप पूर्ण रूपमा सुरक्षित छ, त्यसैले चिन्ताको विषय छैन । भारतको औषधि व्यवस्था विभागले सीरम इन्स्टिच्युटको खोप कोभिशेलिड र भारत बायोटेकको खोप कोभाक्सिनले आइतवार आपतकालिक स्वीकृति दिएपछि भारतर हर्षको लहर आएको छ ।

यद्यपि यस बीचमा, कांग्रेसले भारत बायोटेकको कोरोना खोपको स्वीकृतिमाथि प्रश्न उठाएको छ । कांग्रेस नेताहरूका अनुसार खोपले अझै तेस्रो चरणको परीक्षण पूरा गरेको छैन, त्यसैले यसको प्रयोग सुरक्षित छैन । एम्सका निर्देशक रणदीप गुलेरियाले खोपको सुरक्षाबारे उठाइरहेका प्रश्नहरूमा ठूलो बयान दिएका हुन् ।

Picture : ANI
डा. रणदीप गुलेरियाले भने कि सबैभन्दा राम्रो कुरा दुबै खोपहरू भारतमा बनेका छन् । उनका अनुसार भारत पहिले धेरै उत्पादनहरूको आयातमा निर्भर हुनुपर्थ्यो, अब आफैं खोपहरू उत्पादन गर्ने अवस्थामा पुगेको छ । गुलेरियाले भने, ‘यो खोप सुरक्षित छ कि छैन भनेर सुनिश्चित गर्न धेरै चरणका अध्ययनहरू पार गर्दछ ।

सुरक्षा धेरै तहमा देखिएको छ, त्यसैले मलाई लाग्दैन कि हामीले खोप सुरक्षा बारे चिन्ता गर्नुपर्छ।’यसैले निर्धक्क भएर खोप प्रयोग गर्न सकिन डाक्टरको भनाई छ ।

फेसबुकबाट प्रतिक्रिया

धेरै पढिएको

सम्बन्धित खवर

भर्खरै