कोरोनाका जतिसुकै अवतारहरु आए पनि मलाई संक्रमण हुँदैन, म खोप लिन्न : बाबा रामदेव

काठमाडौं । विश्वव्यापी महामारीबीच त्यस्ता केही व्यक्तिहरु अगाडि आए, जसलाई कोरोना भाइरस (कोभिड–१९) केही हो जस्तो नै लाग्दैन । विश्वका धेरै देशहरु कोरोनाविरुद्धको खोप निर्माणको दौडमा रहेका छन्, यसमा केही देशहरु सफल पनि भइसकेका छन् ।

भारतले पनि आफ्नो देशमा निर्माण भएका दुई खोपहरु प्रयोग गर्न अनुमति दिएको छ । उक्त खोपलाई लिएर अहिले भारतभित्र नै प्रश्न गर्न थालिएको छ । यो सुचीमा बाबा रामदेव पनि परेका छन् । उनले भनेका छन्, ‘म खोपको स्वागत गर्छु तर खोप लगाउने छैन ।’ योग गुरु बाबा रामदेवले दिल्लीको होटेलमा आयोजना गरिएको कार्यक्रममा बताएका हुन् ।

एउटा कार्यक्रममा बोल्दै बाबाले खोपमा न गाई न त सुँगुरको बोसो प्रयोग भएको कुरा अस्विकार गरेका छन् । उनका अनुसार यो धर्मको कुरा होइन, तर पूर्ण रूपमा वैज्ञानिक तवरले तयार पारिएको औषधि हो । यद्यपि उनले अगाडि भने, ‘म खोप लिने छैन, मलाई यो आवश्यक छैन ।

मलाई खोप चाहिँदैन त्यसैले म यो गर्न सक्दिन । मलाई कोरोना छैन, किनभने म पूर्ण रूपमा सुरक्षित छु । कोरोना जतिसुकै अवतारहरु आए पनि मलाई संक्रमण हुँदैन ।’ रामदेव नयाँ दिल्लीको ले–मारिडियन होटलमा एकल अभियान कार्यक्रम एकल का रामामा विशेष अतिथिका रूपमा आएका थिए । रामदेवले भने कि उनीहरु र पताञ्जलिको बारेमा मान्छेको कुरामा उनलाई आपत्ति छैन ।

https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v8.0&appId=650414169208129&autoLogAppEvents=1

फेसबुकबाट प्रतिक्रिया

धेरै पढिएको

सम्बन्धित खवर

भर्खरै