दर्जन भन्दा धेरै यात्रु सवार बस दुर्घटना हुँदा १९ जना घाइते

काठमाडौं । दर्जन भन्दा धेरै यात्रु सवार बस दुर्घटनाग्रस्त हुँदा १९ जना घाइते भएका छन् । दाङको घोराही तुलसीपुर सडकखण्ड अन्तर्गत सोमबार ग्वारखोलामा बस दुर्घटना हुँदा १९ यात्रु घाइते भएका हुन् ।

तुलसीपुरबाट घोराहीतर्फ जाँदै गरेको ना६ख १८१४ नम्बरको बस तुलसीपुर उपमहानगरपालिका–७ ग्वारखोला पुल नजिकै पल्टिँदा बसमा सवार यात्रु घाइते भएका हुन् ।

प्रहरीका अनुसार दुर्घटनामा तुलसीपुर उपमहानगरपालिका–१९ ग्वारखोलाकी ३० वर्षीया लक्ष्मी केसी, वडा नम्बर ६ का १९ वर्षीय झनक केसी,बरुवागाउँकी २१ वर्षीया सरु बस्नेत, वडा नम्बर ४ की ३६ वर्षीया तिला कुँवर, वडा नम्बर ५ की ३० वर्षीया सुशिला शर्मा, वडा नम्बर १६ भेलाहीका ५५ वर्षीया बासुदेव चौधरी र वडा नम्बर १४ का २६ वर्षीय सुमन श्रेष्ठ घाइते भएका छन् ।

अन्य थप घाइतेहरुमा तुलसीपुर ७ का १८ वर्षीय विशाल मगर, २१ वर्षीय राज केसी, वडा नम्बर ६ की २२ वर्षीया दुर्गा नेपाली, शान्तिनगर गाउँपालिका ६ का २७ वर्षीय गणेश बुढाथोकी, शान्तिनगर ७ का २९ वर्षीय भिमप्रसाद राना र घोराही उपमहानगरपालिका १६ की ३० वर्षीया लक्ष्मी गिरी रहेका छन् ।

रुकुम पूर्व पुथाउत्तरगंगा गाउँपालिका १२ का ३९ वर्षीय हेमराज पुन, ४० वर्षीया पञ्चबहादुर पुन, घोराही १५ की १९ वर्षीया सुरक्षा शर्मा, घोराही १५ की १८ वर्षीया प्रमिका ज्ञवाली, वडा नम्बर १२ का ४१ वर्षीय गोपाल पुन र वडा नम्बर ५ का ३० वर्षीय रामबहादुर पुन पनि घाइते भएका छन् ।

उनीहरु सबैको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । बसचालकलाई नियन्त्रणमा लिई घटनाबारे थप आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

फेसबुकबाट प्रतिक्रिया

धेरै पढिएको

सम्बन्धित खवर

भर्खरै