ट्र्याक्टर दुर्घटना हुँदा एकको मृत्यु

काठमाडौं । जयपृथ्वी राजमार्गमा आज ट्र्याक्टर दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । मृत्यु हुनेमा बझाङको वित्थडचीर गाउँपालिका–४ का ४० वर्षीय जीतबहादुर बोहरा रहेका छन् । बोहराको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय पाटनका इञ्चार्ज प्रहरी निरीक्षक धनदेव साउदले जानकारी दिनुभयो ।

दुर्घटनामा ट्र्याक्टर चालक बझाङकै वित्थडचीर गाउँपालिका–५ का ३२ वर्षीय नरेन्द्र महरा र ट्र्याक्टरमा सवार वित्थडचीर गाउँपालिका–४ का २० वर्षीय कृष्ण बोहरा घाइते भएका छन् । चालक नरेन्द्र महराको दुबै खुट्टा भाँचिएको छ भने बोहराको खुट्टामा चोट लागेको छ । घाइते दुवैलाई उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको छ ।

धनगढीबाट बझाङतर्फ गइरहेको अनटेस्ट ट्रयाक्टर दिउँसो जयपृथ्वी राजमार्गअन्तर्गत बैतडीको सिगास गाउँपालिका–९ बाजपानीमा दुर्घटनामा परेको हो । ट्र्याक्टर सडकबाट १७८ मिटर तल खसेको छ ।

https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v8.0&appId=650414169208129&autoLogAppEvents=1

फेसबुकबाट प्रतिक्रिया

धेरै पढिएको

सम्बन्धित खवर

भर्खरै