पूर्व मन्त्रीसहितका नेताहरु सवार कार सडकबाट ६० मिटर तल खस्यो

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेताहरु सवार कार दुर्घटनामा परेको छ । नेपालगन्जबाट सुर्खेतको विरेन्द्रनगरतर्फ जाँदै गरेको कार सोमबार दिउँसो अनियन्त्रित भइ दुर्घटना हुँदा पूर्वजलस्रोत राज्यमन्त्री विनोदकुमार शाहसहित पाँच जना घाइते भएका हुन् ।

बा २१ च ४७४६ नम्बरको कार बर्दिया बासगढी नगरपालिका–१ चेपाङको २९ खोला नजिक पल्टिएको प्रहरीले जानकारी दिएको छ । प्रहरी उपरीक्षक केदार रोजौरेका अनुसार कार पल्टिँदा पूर्वराज्यमन्त्री विनोदकुमार शाह, लक्ष्मी शाह, पदमबहादुर शाही, सूर्यबहादुर शाही र कार चालक विनय भण्डारी पनि घाइते भएका छन् । पूर्वराज्यमन्त्री शाहको अवस्था गम्भिर रहेको जनाइएको छ ।

घाइतेमध्ये अन्य चार जनाको अवस्था सामान्य रहेको प्रहरी उपरीक्षक रोजौरेले जानकारी दिनुभयो । चालक भण्डारीको कोहलपुरस्थित शिक्षण अस्पताल र ४ जनाको नेपालगन्जस्थित शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । कार सडकदेखि करिब ६० मिटर तल खसेको थियो ।

https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v8.0&appId=650414169208129&autoLogAppEvents=1

फेसबुकबाट प्रतिक्रिया

धेरै पढिएको

सम्बन्धित खवर

भर्खरै