सर्लाहीमा मोटरसाइकले लियो हरिणको ज्यान

काठमाडौं । सवारी साधनले ठक्कर दिएर जनवार मार्ने क्रम रोकिएको छैन । बारामा कारको ठक्करबाट बाघको मृत्यु भएको केही दिन नबित्दै सर्लाहीमा मोटरसाइकलको ठक्करबाट एक हरिणको मृत्यु भएको छ ।

बाग्मती नगरपालिका ३ स्थित नयाँरोड–बरहथवा सडक खण्डमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको प्रदेश १–०२–०४२ प.४००९ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा हरिणको घटनास्थलमै मृत्यु भएको जानकारी दिइएको छ ।

हरिणलाई सोमबार राति ठक्कर दिएपछि मोटरसाइकल पल्टिँदा त्यसका चालक सप्तरीको कन्चनरुप नगरपालिका–११ बस्ने २२ वर्षीय सुनिल थापा सामान्य र पछाडि सवार सर्लाहीको हरिपुर नगरपालिका–१ बस्ने २५ वर्षीय शिव कुमार महतोको टाउको र वायाँ कुममा चोट लागेको प्रहरीले जानकारी दिएको छ ।

दुबैको हनुमन्ते अस्पताल बरहथवामा उपचार भइरहेको सर्लाहीका प्रहरीले जानकारी दिएको छ । इलाका वन कार्यालय मुर्तीयाको टोलीलाई मोटरसाइकल र मृतक हरिण जिम्मा लगाइ पठाइएको छ ।

फेसबुकबाट प्रतिक्रिया

धेरै पढिएको

सम्बन्धित खवर

भर्खरै