विश्वमा सर्वाधिक वायु प्रदूषण भएका शहरहरुमा काठमाडौं पहिलो, आँखा पोल्ने समस्या शुरु

काठमाडौं । जाडो मौसम बढेसँगै काठमाडौं शहरले नयाँ पहिचान पाएको छ । मौसम धुम्मिएसँगै काठमाडौंमा सोमबारदेखि वायु प्रदूषणको मात्रा अत्यधिक बढ्न थालेको हो । आईक्यू एअरका अनुसार काठमाडौंको वायुमण्डलमा मंगलबार बिहान एअर क्वालिटी इन्डेक्स (एक्यूआई) ४३७ पुगेको छ ।

एक्यूआईका अनुसार विश्वका ५० सहरमध्ये प्रदूषणका हिसाबले काठमाडौं १ नम्बरमा रहेको परेको हो । दोस्रो नम्बरमा किर्गिस्तानको बिस्केक, तेस्रो नम्बरमा पाकिस्तानको कराँची, चौथोमा चीनको वुहान, पाँचौंमा भियतनाममको हनोइ, छैटौंमा बंगलादेशको ढाका, सातौंमा भारतको मुम्बई पनि परेको छ ।

प्रदूषणका कारण सोमबारदेखि नै सर्वसाधारणहरुले आँखा पोलेको महसुस गरिरहेका छन् । वातावरणविद् भूषण तुलाधरका अनुसार मौसम धुम्मिएका कारण पनि प्रदूषणको मात्रा बढ्न गएको हो । जाडोका कारण तातोका लागि आगो बाल्नेलगायतका गतिविधि पनि बढेसँगै वायु प्रदूषण पनि बढेको विज्ञहरु बताउँछन् ।

फेसबुकबाट प्रतिक्रिया

धेरै पढिएको

सम्बन्धित खवर

भर्खरै