कक्षा १२ को नतिजा चाँडै प्रकाशित हुँदै

काठमाडौं । कक्षा १२ को नतिजालाई लिएर राष्ट्रिय परीक्षा बोर्डले नयाँ बयान जारी गरेको छ । बोर्डका अनुसार कक्षा १२ को नतिजा सकेसम्म चाँडै प्रकाशित हुने भएको छ । परीक्षा नियन्त्रक कृष्ण शर्माका अनुसार परीक्षाको उत्तरपुस्तिका परीक्षण र सम्परीक्षण कार्य सकिएको र इन्ट्री कार्य जारी रहेको छ । गत मंसिर ९ देखि १६ गते सम्पन्न परीक्षामा ४ लाख ३३ हजार १ सय ८० परीक्षार्थी सहभागी रहेका छन् ।

कोरोना भाइरस प्रभावित विद्यार्थीका निम्ति यही पुस १६ गतेबाट २३ गतेसम्म लिइँदैछ । परीक्षार्थीको संख्या थोरै रहेको बताउँदै ती परीक्षार्थीको नतिजासमेत एकसाथ प्रकाशन गर्ने बोर्डले तयारी थालेको छ । कोरोना भाइरस (कोभिड–१९) ले गर्दा विद्यार्थीको कूल सय पूर्णाङ्कमा ४० प्रतिशत अंक भारको परीक्षा लिइएको हो ।

सम्बन्धित विद्यालयको आन्तरिक मूल्यांकन २० प्रतिशत र कक्षा ११ को विषयगत प्राप्तांक ४० प्रतिशत रहेको छ । बोर्डका सदस्यसचिव दुर्गाप्रसाद अर्यालले इन्ट्री सकिएलगत्तै रुजु गरिने र सकेसम्म पुसभित्र नत्र माघ पहिलो साता नतिजा सार्वजनिक गरिने जानकारी दिनुभयो ।

फेसबुकबाट प्रतिक्रिया

धेरै पढिएको

सम्बन्धित खवर

भर्खरै