कोरोना संक्रमणबाट १८ वर्षीय युवकको मृत्यु

विराटनगर – धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना भाइरस संक्रमित एक युवकको मृत्यु भएको छ।

प्रतिष्ठानका सहप्रवक्ता डा. चुरामणि पोखरेलका अनुसार उदयपुरस्थित त्रियुगा नगरपालिका ११ का १८ वर्षीय युवकको उपचारका क्रममा मंगलबार बिहान करिब ७ बजेर ३० मिनेटमा मृत्यु भएको हो।

उनलाई गत शनिबार कोरोना भाइरस कोभिड १९ संक्रमण पुष्टि भएको थियो। संक्रमण पुष्टि भएको दिननै युवकलाई थप उपचारका लागि प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएको थियो।

युवकमा कुनै दिर्घ रोग रहेको बारे जानकारी नआएको प्रतिष्ठानले जनाएको छ।

यससँगै कोरोना संक्रमणका कारण उपचारमा भर्ना भएका १ सय २० जनाको मृत्यु भएको प्रतिष्ठानले जनाएको छ।

फेसबुकबाट प्रतिक्रिया

धेरै पढिएको

सम्बन्धित खवर

भर्खरै