एसईई परीक्षालाई लिएर आयो यस्तो नयाँ अपडेट, रजिस्ट्रेसन फाराम खुला

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) महामारीका कारण प्रभावित बनेको परीक्षालाई लिएर नयाँ जानकारी आएको छ । यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी जेठमा हुने भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले जेठमा परीक्षा सञ्चालन गर्ने जनाएको छ । बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलका अनुसार २०७८ जेठमा परीक्षा सञ्चालन गर्न सकिनेछ ।

उहाँले बिदा कटौती गरेर कक्षा सञ्चालन गर्ने र जेठसम्ममा परीक्षा लिने गरी तयारी हुँदैछ । उहाँका अनुसार त्यसरी नगर्दा शैक्षिक सत्र खेर जाने खत्तरा हुन्छ । कोभिड–१९ का कारण गत वर्ष एसईई सञ्चालन हुन सकेको थिएन् ।

त्यो अवस्था दोहोरिन नदिन बेलैमा तयारी तीव्र बनाउनु पर्ने जानकारहरुको बुझाई रहेको छ । अध्यक्ष पौडेलका अनुसार एसईई २०७७ मा सहभागी हुनका लागि बोर्डले आवेदन आह्वान गरेको छ । परीक्षामा सहभागी हुन चाहने विद्यार्थीले १६ पुसदेखि २१ माघसम्ममा फाराम भर्नुपर्ने भएको छ ।

सम्बन्धित विद्यालयले आफ्ना विद्यार्थीको नामथर, जन्ममिति, आमाबाबुको नाम रुजू गरेर माघभित्र रजिस्ट्रेशन शूल्क सहित शिक्षा विकास तथा समन्वय इकाईमा बुझाउनु पर्नेछ । रजिस्ट्रेसन शुल्क प्रतिविद्यार्थी ३०० रुपैयाँ निर्धारण गरिएको छ ।

https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v8.0&appId=650414169208129&autoLogAppEvents=1

फेसबुकबाट प्रतिक्रिया

धेरै पढिएको

सम्बन्धित खवर

भर्खरै