प्रदेश-१ मा १६ जनालाई कोरोना, २८ हजार ७ सय डिस्चार्ज

मोरङ-प्रदेश १ मा कोरोना भाइरस कोभिड १९ का १६ नयाँ संक्रमित थप भएका छन्। विराटनगरस्थित सामाजिक विकास मन्त्रालयका अनुसार सोमबार ८ महिला र ८ पुरुष गरि १६ जना संक्रमित थप भएका हुन्।

मन्त्रालयका अनुसार मोरंगमा ८, झापामा ३, सुनसरीमा २, उदयपुर, इलाम र प्रदेश १ बाहिरबाट समान १ जनामा संक्रमण पुष्टि भएको छ।

त्यसैगरी, हालसम्म प्रदेशमा कुल कोरोना संक्रमितको संख्या २९ हजार ८ सय ८५ पुगेको छ। जसमा मोरङमा १३ हजार १ सय १२, सुनसरीमा ८ हजार ९ सय ४७, झापामा ४ हजार ६ सय ४६, उदयपुर ४ सय ९४, इलाममा ४ सय ७२, संखुवासभा ३ सय ४१, धनकुटामा २ सय ७, पाँचथरमा १ सय ४५, ताप्लेजुङमा १ सय २०, तेह्रथुममा १ सय १९, खोटाङमा ९६, भोजपुरमा ८५, ओखलढुङ्गा ४७, सोलुखुम्वुमा ३७ जनामा संक्रमण देखिएको मन्त्रालयको कोभिड १९ निगरानी, तथ्याङक संकलन तथा अनुगमन समितिका संयोजक डा. रविन्द्र निरौलाले जानकारी दिए। संयोजक निरौलाक अनुसार प्रदेश १ बाहिरका १ हजार १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

त्यसैगरि, सोमबार ८१ जना निको भएर डिस्चार्ज भएसँगै प्रदेशभर हालसम्म २८ हजार ७ सय ३७ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ।

मोरङमा १२ हजार ६ सय ८४, सुनसरीमा ८ हजार ६ सय ५९, झापामा ४ हजार ३ सय ९२, उदयपुर ४ सय ८२, इलाममा ४ सय ४७, संखुवासभा ३ सय २८, धनकुटामा १ सय ८७, पाँचथरमा १ सय ४१, ताप्लेजुङमा १ सय १४ तेह्रथुममा १ सय १२, खोटाङमा ९३, भोजपुरमा ८३, ओखलढुङ्गा ४५, सोलुखुम्वुमा ३५ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ। त्यसैगरि, प्रदेश १ बाहिरका ९ सय ३७ जना डिस्चार्ज भएका छन् । मन्त्रालयका अनुसार हाल होमआईसोलेसनमा ६ सय ५८ रहेका छन्।

त्यसैगरि, प्रदेशमा हालसम्म १ सय ३७ महिला र ३ सय २४ पुरुष गरि कुल ४ सय ६१ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ।

!function(f,b,e,v,n,t,s)
{if(f.fbq)return;n=f.fbq=function(){n.callMethod?
n.callMethod.apply(n,arguments):n.queue.push(arguments)};
if(!f._fbq)f._fbq=n;n.push=n;n.loaded=!0;n.version=’2.0′;
n.queue=[];t=b.createElement(e);t.async=!0;
t.src=v;s=b.getElementsByTagName(e)[0];
s.parentNode.insertBefore(t,s)}(window,document,’script’,
‘https://connect.facebook.net/en_US/fbevents.js’);
fbq(‘init’, ‘1195449414139772’);
fbq(‘track’, ‘PageView’);

(function(d, s, id) {
var js, fjs = d.getElementsByTagName(s)[0];
if (d.getElementById(id)) return;
js = d.createElement(s); js.id = id;
js.src = ‘https://connect.facebook.net/ne_NP/sdk.js#xfbml=1&version=v2.11&appId=557438237925255’;
fjs.parentNode.insertBefore(js, fjs);
}(document, ‘script’, ‘facebook-jssdk’));

फेसबुकबाट प्रतिक्रिया

धेरै पढिएको

सम्बन्धित खवर

भर्खरै