२०४८ देखि अहिलेसम्म परीक्षा छुटेका, फेल भएका विद्यार्थीलाई त्रिविको विशेष अवसर [ सूचनासहित ]

काठमाडौ । त्रिभुवन विश्वविद्यालयले २०४८ देखि अहिलेसम्म सबै संकायका परीक्षा छुटेका, फेल भएका विद्यार्थीलाई विशेष अवसर दिएको छ । विभिन्न संकायबाट स्नातकोत्तर उत्तीर्ण भई शोधपत्र (थेसिस) लेख्न छुट भएका तथा तीन र चार वर्षे स्नातक तहका विद्यार्थीलाई परीक्षामा समेत मौका दिने भएको छ ।

त्रिविले स्नातकोत्तर तहका थेसिस छुटेका विद्यार्थीलाई आगामी फागुन मसान्तभित्र मौखिक परीक्षा सञ्चालन गर्ने भएको छ । २०४८ साल र त्यसपछि समय सीमा सकिएर थेसिस बुझाउनबाट बञ्चित विदार्थीलाई त्रिविले थेसिस बुझाउने मौका दिइएको परीक्षा नियन्त्रण कार्यालय बल्खुले जानकारी दियो ।

पनिकाका अनुसार अधिकांश विद्यार्थीले थेसिस बुझाइ सकेको र केही विद्यार्थी थेसिस लेखनको प्रक्रियामा रहेका छन् भने यो मौकामा सबै विद्यार्थीले थेसिस बुझाइ त्रिविको परीक्षामा उत्तीर्ण हुने छन् ।

पनिकाका अनुसार कलेजले फागुन मसान्तभित्र सबै विद्यार्थीको भाइवा गरेर चैत्र मसान्तभित्र विद्यार्थीको प्राप्तांक पनिकामा पठाउनका लागि सबै क्याम्पस तथा केन्द्रिय विभागमा निर्देशन दिइसकेको छ ।

यसैगरी त्रिविले ०५३ सालदेखि वार्षिक प्रणालीमा उत्रीर्ण हुन नसकेका विद्यार्थीलाई अन्तिम मौक दिने भएको छ । यसका लागि त्रिविले परीक्षा फारम खुलिसकेको छ ।

३–४ बर्षे वार्षिक प्रणालीमा दोस्रो बर्षमा अध्ययन गर्ने प्राईभेट, नियमित, आंशिक वा मौका परीक्षाका लागि पुस ०९ देखि माघ ०८ गते भित्र परीक्षा आवेदन फारम भरिसक्नु पर्ने जानकारी दियो ।

यसैगरी २०५३ साल पछाडी त्रिविको परीक्षा पास हुन नसकेका परीक्षार्थीका लागि अन्तिम मौका परीक्षा फारम खुलेको छ । ३–४बर्षे वार्षिक प्रणालीमा दोस्रो बर्षमा अध्ययन गर्ने प्राईभेट, नियमित, आंशिक वा मौका परीक्षाको निमित्त परीक्षा फारम भर्नको लागि कुरी रहनु भएका विद्यार्थी (परीक्षार्थीहरु) ले परीक्षा फारम यहि २०७७ पौष ०९ देखि माघ ०८ गते सम्म आ–आफ्नो क्याम्पस वा कलेजबाट परीक्षा फारम भर्नु होला साथै प्राईभेट तर्फका परीक्षार्थीहरुले त्रि।वि परीक्षा नियन्त्रण कार्यालय बल्खु वा क्षेत्रीय परीक्षा नियन्त्रण कार्पयालहरुबाट परीक्षा फारम भर्न सक्नु हुनेछ ।

३ बर्षे अन्तर्गतका परीक्षार्थीहरुको लागि यो एउटा सुवर्ण र अन्तिम मौका पनि हो किन कि यसपाली ३ बर्षे अन्तर्गतका परीक्षार्थीको भविष्यलाई ख्यालमा राखी ३ बर्षे कार्यक्रम लागू भए देखिको यता (विं.सं. २०५३–०५४ भन्दा पछाडिका सबै हाल सम्मको लागि) का लागि विशेष अवसर पनि हो एवम् मौका परीक्षाको रुपमा त्रि.वि. परीक्षा नियन्त्रण कार्यालय ले परीक्षा फारम खुलाएको छ ।

https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v8.0&appId=650414169208129&autoLogAppEvents=1

फेसबुकबाट प्रतिक्रिया

धेरै पढिएको

सम्बन्धित खवर

भर्खरै