कोरोना भाइरसको उत्पत्तिबारे अध्ययन गर्ने डब्लुएचओको टोलीलाई चीन प्रवेशमा रोक

कोरोना भाइरसको उद्गम स्थलबारे वुहानमा अध्ययन गर्न विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले तय गरेको टिमलाई चीन प्रवेश गर्न दिइएको छैन ।

चीनले सो टोलीलाई प्रवेशमा रोक लगाएको हो । डब्लुएचओको टिममा रहेका दुई सदस्य यसअघि नै चीनका लागि प्रस्थान गरेका थिए ।

एकजना प्रवेश नपाएपछि फर्किएका छन् भने अर्का एकजना तेस्रो मुलुकमा ‘ट्रान्जिट’ मा छन् ।

भिसामा समस्या देखिएका कारण प्रवेशमा समस्या भएको डब्लुएचओले जनाएको छ ।

अध्ययनबारे लामो वार्तापछि बेइजिङ्ग र डब्लुएचओबिच सहमति भएको थियो । कोरोना भाइरसको उद्गमस्थल वुहानको मासु बजारबाट कोरोना भाइरसले जनावरबाट मानिसमा संक्रमणको क्रम थालेको विश्वास गरिन्छ । तर त्यसबारे स्पष्ट हुन डब्लुएचओले विज्ञसहितको अनुसन्धान टोली बनाएको छ ।

सन् २०१९ को अन्त्यमा वुहानमा पहिलोपटक कोरोना भाइरसको संक्रमण देखिएको थियो ।

चीनले अहिलेसम्म पनि अध्ययन टोलीको आगमन प्रक्रियालाई पूर्णता नदिएको विषयले गम्भीर रुपमा निराश बनाएको डब्लुएचओका प्रमुखले बताएका छन् ।

चीनले आन्तरिक प्रक्रिया तीव्र रुपमा पूरा गरेर टिमको प्रवेश चाँडै सुनिश्चित हुने आश्वासन पाएको उनले बताएका छन् ।

अध्ययनका लागि डब्लुएचओले १० सदस्यीय अन्तर्राष्ट्रिय विज्ञहरुलाई चीन पठाउने तयारी गरेको छ । गएको महिना जनवरी २०२१ देखि अध्ययन सुरु हुने घोषणा गरिएको थियो ।

!function(f,b,e,v,n,t,s)
{if(f.fbq)return;n=f.fbq=function(){n.callMethod?
n.callMethod.apply(n,arguments):n.queue.push(arguments)};
if(!f._fbq)f._fbq=n;n.push=n;n.loaded=!0;n.version=’2.0′;
n.queue=[];t=b.createElement(e);t.async=!0;
t.src=v;s=b.getElementsByTagName(e)[0];
s.parentNode.insertBefore(t,s)}(window,document,’script’,
‘https://connect.facebook.net/en_US/fbevents.js’);
fbq(‘init’, ‘1195449414139772’);
fbq(‘track’, ‘PageView’);

(function(d, s, id) {
var js, fjs = d.getElementsByTagName(s)[0];
if (d.getElementById(id)) return;
js = d.createElement(s); js.id = id;
js.src = ‘https://connect.facebook.net/ne_NP/sdk.js#xfbml=1&version=v2.11&appId=557438237925255’;
fjs.parentNode.insertBefore(js, fjs);
}(document, ‘script’, ‘facebook-jssdk’));

फेसबुकबाट प्रतिक्रिया

धेरै पढिएको

सम्बन्धित खवर

भर्खरै