कोरोना अपडेटः संक्रमित २ लाख ६३ हजार १९३, निधन १८९९, डिस्चार्ज २ लाख ५६ हजार १६१

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा थप ४०९ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ६३ हजार १९३ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार झापामा २, मोरङमा ११, धनुषामा १, पर्सामा २, बारामा २, काठमाडौँमा १५९, काभ्रेमा ६, चितवनमा १७, दोलखामा ६, धादिङमा १, नुवाकोटमा २, भक्तपुरमा २४, रामेछापमा १, ललितपुरमा ५० र सिन्धुलीमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

यस्तै कास्कीमा २७, गोरखामा १, तनुहँमा २, नवलपरासी पूर्वमा ४, म्याग्दीमा १, लमजुङमा ३, बागलुङमा २, स्याङजामा १, अर्घाखाँचीमा १०, कपिलवस्तुमा ४, गुल्मीमा ५, दाङमा ४, नवलपरासीमा ५, पाल्पामा ७, बर्दियामा १, बाँकेमा १२, रुपन्देहीमा २५, रोल्पामा ३, कञ्चनपुरमा १ र कैलालीमा ६ जना संक्रमित थपिएका छन्।

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप २३३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार बुधबार ४९५ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ५६ हजार १६१ पुगेको छ।

हाल देशभर ५ हजार १ सय ३३ जना सक्रिय संक्रमित रहेका छन्। गत २४ घन्टामा ६ हजार ७ सय ६ पीसीआर परीक्षण भएको छ।

यस्तै नेपालमा पछिल्लो २४ घण्टामा थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ८ सय ९९ पुगेको छ।

मन्त्रालयका अनुसार हाल देशभर १९७ जना कोरोना संक्रमितको आईसीयुमा र ३० जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।

फेसबुकबाट प्रतिक्रिया

धेरै पढिएको

सम्बन्धित खवर

भर्खरै