कोरोना अपडेटः संक्रमित २ लाख ६३ हजार ६०५, निधन १९०३, डिस्चार्ज २ लाख ५६ हजार ६४४

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा थप ४१२ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ६३ हजार ६०५ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार झापामा ४, तेह्रथुममा १, धनकुटामा १, मोरङमा ५, सुनसरीमा ८, धनुषामा ५, पर्सामा १, महोत्तरीमा १, रौतहटमा १, सप्तरीमा १, काठमाडौँमा १९८, काभ्रेमा ७, चितवनमा ८, धादिङमा १०, नुवाकोटमा २, भक्तपुरमा २५, मकवानपुरमा ६, रामेछापमा १, ललितपुरमा २८ र सिन्धुपाल्चोकमा २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

यस्तै सिन्धुलीमा २, कास्कीमा २५, गोरखामा २, नवलपरासी पूर्वमा २, पर्वतमा १, लमजुङमा १, बागलुङमा ४, स्याङजामा ३, अर्घाखाँचीमा ३, गुल्मीमा २, दाङमा १, नवलपरासीमा २, पाल्पामा ५, प्यूठानमा ३, बर्दियामा २, बाँकेमा ४, रुपन्देहीमा २५, रोल्पामा ३, दैलेखमा ६ तथा हुम्लामा १ जना संक्रमित थपिएका छन्।

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप २५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

गत चौबीस घन्टामा ५ हजार १ सय ३२ पीसीआर परीक्षण भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार बिहीबार ४८३ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ५६ हजार ६४४ पुगेको छ। हाल देशभर ५ हजार ५८ जना सक्रिय संक्रमित रहेका छन्।

यस्तै नेपालमा पछिल्लो २४ घण्टामा थप ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ९ सय ३ पुगेको छ।

मन्त्रालयका अनुसार हाल देशभर १८४ जना कोरोना संक्रमितको आईसीयुमा र ३२ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।

फेसबुकबाट प्रतिक्रिया

धेरै पढिएको

सम्बन्धित खवर

भर्खरै