कोरोना अपडेटः संक्रमित २ लाख ६४ हजार १५९, निधन १९०९, डिस्चार्ज २ लाख ५७ हजार २२९

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा थप ५५४ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ६४ हजार १५९ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार इलाममा ५, उदयपुरमा ११, खोटाङमा २, झापामा १०, तेह्रथुममा १, धनकुटामा १, पाँचथरमा ३, भोजपुरमा १, मोरङमा ५३, संखुवासभामा २, सुनसरीमा ३५, पर्सामा ३, बारामा ४, सप्तरीमा ३, सर्लाहीमा २, काठमाडौँमा १, चितवनमा १५, दोलखामा १, धादिङमा ३, भक्तपुरमा १३, मकवानपुरमा ३, ललितपुरमा २३ र सिन्धुपाल्चोकमा २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

यस्तै कास्कीमा ३०, तनहुँमा १३, लमजुङमा ६, बागलुङमा ९, स्याङजामा ४, अर्घाखाँचीमा ३, दाङमा १०, नवलपरासीमा ३, पाल्पामा ३, प्यूठानमा ४, बर्दियामा ७, बाँकेमा ९, रुपन्देहीमा २८, रोल्पामा १, जाजरकोटमा १, जुम्लामा १, डोल्पामा ७, सुर्खेतमा १, कञ्चनपुरमा १९, कैलालीमा १५, बझाङमा ११ र बाजुरामा १ जना संक्रमित थपिएका छन्।

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप २०७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार शुक्रबार ५८५ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ५७ हजार २२९ पुगेको छ।

हाल देशभर ५ हजार २१ जना सक्रिय संक्रमित रहेका छन्। गत चौबीस घन्टामा ५ हजार २ सय ६९ पीसीआर परीक्षण भएको छ।

यस्तै नेपालमा पछिल्लो २४ घण्टामा थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ९ सय ९ पुगेको छ।

मन्त्रालयका अनुसार हाल देशभर १८२ जना कोरोना संक्रमितको आईसीयुमा र ३७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।

!function(f,b,e,v,n,t,s)
{if(f.fbq)return;n=f.fbq=function(){n.callMethod?
n.callMethod.apply(n,arguments):n.queue.push(arguments)};
if(!f._fbq)f._fbq=n;n.push=n;n.loaded=!0;n.version=’2.0′;
n.queue=[];t=b.createElement(e);t.async=!0;
t.src=v;s=b.getElementsByTagName(e)[0];
s.parentNode.insertBefore(t,s)}(window,document,’script’,
‘https://connect.facebook.net/en_US/fbevents.js’);
fbq(‘init’, ‘1195449414139772’);
fbq(‘track’, ‘PageView’);

(function(d, s, id) {
var js, fjs = d.getElementsByTagName(s)[0];
if (d.getElementById(id)) return;
js = d.createElement(s); js.id = id;
js.src = ‘https://connect.facebook.net/ne_NP/sdk.js#xfbml=1&version=v2.11&appId=557438237925255’;
fjs.parentNode.insertBefore(js, fjs);
}(document, ‘script’, ‘facebook-jssdk’));

फेसबुकबाट प्रतिक्रिया

धेरै पढिएको

सम्बन्धित खवर

भर्खरै