प्रदेश-१ मा १९ जनालाई कोरोना, २९ हजार ६०२ जना डिस्चार्ज

मोरङ-प्रदेश १ मा १९ जना नयाँ कोरोना संक्रमित थप भएका छन्। विराटनगरस्थित सामाजिक विकास मन्त्रालयका अनुसार शुक्रबार गरि २ सय ३५ जनाको पिसिआर परिक्षणका क्रममा १ महिला र १८ जना पुरुषमा संक्रमण पुष्टि भएको छ।

यसक्रममा मोरंग र सुनसरीमा समान ५, झापा र इलाममा समान ४ र प्रदेश १ बाहिरका १ जनामा संक्रमण पुष्टि भएको छ।

मन्त्रालयका अनुसार मोरंगको विराटनगरमा ५, सुनसरीको धरानमा २, बराहक्षेत्र, बर्जु र इटहरीमा समान १, झापाको विर्तामोडमा २, अर्जुनधारा र गौरीगञ्जमा समान १, इलामको चुलाचुलीमा ४ र प्रदेश १ बाहिरका १ जनाको रिपोर्ट पोजिटिभ आएको हो।

यससँगै हालसम्म प्रदेशमा संक्रमितको संख्या २९ हजार ९ सय ६६ पुगेको छ।

अर्कोतर्फ, प्रदेशमा शुक्रबार ५१ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन्।

प्रदेशका विभिन्न होमआईसोलेसनबाट ४७, विराटनगरको नोबेल शिक्षण अस्पतालबाट ३ र झापाको मेची अस्पतालबाट १ जना डिस्चार्ज भएका हुन्।

प्रदेशमा हालसम्म डिस्चार्ज हुनेको संख्या २९ हजार ६ सय २ पुगेको छ।

!function(f,b,e,v,n,t,s)
{if(f.fbq)return;n=f.fbq=function(){n.callMethod?
n.callMethod.apply(n,arguments):n.queue.push(arguments)};
if(!f._fbq)f._fbq=n;n.push=n;n.loaded=!0;n.version=’2.0′;
n.queue=[];t=b.createElement(e);t.async=!0;
t.src=v;s=b.getElementsByTagName(e)[0];
s.parentNode.insertBefore(t,s)}(window,document,’script’,
‘https://connect.facebook.net/en_US/fbevents.js’);
fbq(‘init’, ‘1195449414139772’);
fbq(‘track’, ‘PageView’);

(function(d, s, id) {
var js, fjs = d.getElementsByTagName(s)[0];
if (d.getElementById(id)) return;
js = d.createElement(s); js.id = id;
js.src = ‘https://connect.facebook.net/ne_NP/sdk.js#xfbml=1&version=v2.11&appId=557438237925255’;
fjs.parentNode.insertBefore(js, fjs);
}(document, ‘script’, ‘facebook-jssdk’));

फेसबुकबाट प्रतिक्रिया

धेरै पढिएको

सम्बन्धित खवर

भर्खरै