चामलको पिठो प्रयोग गरेर यसरी चम्काउन सकिन्छ अनुहार (विधिसहित)

छालासँग जोडिएका कतिपय समस्यालाई घरमा नै सजिलै उपलब्ध हुने सामाग्रीबाट समाधान गर्न सकिन्छ । हाम्रो भान्छामा कतिपय यस्तो सामाग्री हुन्छन् जसको प्रयोग गर्न जानियो भने धेरै समस्यालाई समाधान गर्न सकिन्छ । यस्ता घरेलु उपायको मुख्य फाइदा भनेको साइडइफेक्ट नहुनु हो।

साथै यसको लागि मोटो रकम खर्च गर्नुपर्ने आवश्यकता समेत पर्दैन । यस्तै सामाग्री मध्ये चामलको पिठो पनि एक हो, जसको प्रयोग त्वचासँग जोडिएका समस्याहरु समाधानको लागि गरिन्छ । आज हामी चामलको पिठो प्रयोग गरेर विभिन्न समस्याको समाधान गर्ने उपायको बारेमा जानकारी दिँदै छौँ ।

दुई चम्चा चामलको पिठोमा पाकेको केरा वा एक चम्चा बदामको तेल राखेर फिट्ने। तयार भएको पेष्टलाई कालो घेरा लगाउने । यस्तो प्रक्रिया दिनहुँ गर्नाले समस्या समाधान हुन्छ।

कालो दाग र मुसा आउने समस्याको लागि उपयोगी

चामलको पिठोमा एक चम्चा मह र ध्युकुमारीको जेल मिलाएर पेष्ट बनाउने । उक्त पेष्टलाई प्रभावित ठाउँमा लगाउने गर्नाले कालो दाग र आएको मुसा हराएर जान्छ ।

घामले डढेको छालाको कालो धब्बालाई हटाउन मद्दतगार

एक चम्चा चामलको पिठोमा कागतीका रस मिलाएर पेष्ट बनाउने । तयारी पेष्टलाई डढेको छालामा लगाएर सुस्क दिने र सुकिसकेपछि हल्का मनतातो पानीले धुने गर्नुपर्दछ ।

अनुहारमा देखिने बुढौलिपन हटाउनको लागि

चामलको पिठो जवान देखिने एक राम्रो सामाग्री हो । अनुहारमा कम उमेरमै बुढौलिपन देखिने नदिनको लागि अण्डामा चामलको पिठो मिलाएर त्यसमो दुई थोपा ग्लिसरीन राख्ने । यसरी तयार भएको प्याकलाई अनुहारमा लगाउने र सुकेपछि मनतातो पानीले धुने गर्दा अनुहारमा चमक आउनुको साथै जवान पनि देखिन्छ।

FacebookTwitterEmailFacebook MessengerWhatsAppViberSMSShare

(function(d, s, id) {
var js, fjs = d.getElementsByTagName(s)[0];
if (d.getElementById(id)) return;
js = d.createElement(s); js.id = id;
js.src = ‘https://connect.facebook.net/en_GB/sdk.js#xfbml=1&version=v3.2&appId=993051320823621&autoLogAppEvents=1’;
fjs.parentNode.insertBefore(js, fjs);
}(document, ‘script’, ‘facebook-jssdk’));

फेसबुकबाट प्रतिक्रिया

धेरै पढिएको

सम्बन्धित खवर

भर्खरै